प्रधानमन्त्री ओलीले भने नेपालका ज्योतिषीहरु दक्षिणाको लोभमा बकवास गर्छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् । दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।
जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन ।’
उनले अघि भने, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’
उनले राप्रपा र विप्लव समूहमाथि पनि निशाना साँधे । राप्रपातर्फ संकेत गर्दै उनले कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको बताए ।
‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन्’ नेकपा विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’
मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै उनले अब अल्मलिन नसकिने बताए । नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए ।
नेपाली सेनाको प्रशंसा गरेका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने धारणा राखे ।
समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जितगढी जस्तै नेपालले युद्ध जितेका स्थानहरुको संरक्षण र विकास गर्ने अभियान जितगढीबाट शुरु भएको बताए ।
कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतले जितगढीलाई ऐतिहासिक सम्पदा स्थल र पर्यटकीय स्थलका रुपमा विकास गर्न संघ ,प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












