आजको राशिफलले तपाईंलाई के भन्छ
काठमाडौं ( वि।सं।२०७६ साल वैशाख १४ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि अष्टमी,३१ घडी ०० पला,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त नवमी । नक्षत्र श्रवण,५३ घडी ५१ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त धनिष्ठा । योग शुभ,५४ घडि ५६ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त शुक्ल । करण कौलव,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मकर । गोरखकाली पूजा। सर्वार्थसिद्धि योग रातको ०३ बजेर ०३ मिनेटसम्म।
काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ३९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनालेमन शान्त रहनेछ । नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनालेशरिरका थप उर्जा पैदा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा बिश्वास बढ्नेछ भने जीवन साथिको सहयोगलो नयाँ कामको थालनि गर्न सकिनेछ । बिद्यार्थिहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउँन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेथप लगानिको बाताबरण बन्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेआर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । बिहानको समय मध्ययम रहेकोले अग्रज तथा बुवा सँग घरायसी कुरामा राग बाजिनेछ । भनेको समयमा काम नबन्नाले पद प्रतिष्ठा पाउँने योग टरेर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












