पूर्व राजा ज्ञानेन्द्रले यसरी मनाए विवाहको ४९ औँ बर्षगाँठ
काठमाडाैँ । पूर्व राजा ज्ञानेन्द्र शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका छन्।
तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख ०२७ मा विहे भएको थियो।
रथी केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग एक बर्षअघिमात्र ०२६ मा तत्कालिन युवराज वीरेन्द्रले विहे गरेका थिए।
ज्ञानेन्द्रको विहेको केही समयपछि उनका भाई तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विहे गरेका थिए। प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन्।
यसरी तत्कालिन राजा महेन्द्रका तीन भाई छोराहरु वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले रथी केन्द्र शमशेरका तीन बहिनी छोरीहरु क्रमशः ऐश्वर्य, कोमल र प्रेक्षालाई एक पछि अर्को गर्दै भित्र्याएका थिए।
वीरन्द्रकै विहेका लागि राजा महेन्द्रले पुरानो नारायणहिटी भत्काएर अहिलेको नारायणहिटी दरवार बनाएका थिए।
माहिला ज्ञानेन्द्र र कान्छा छोरा धीरेन्द्रका लागि भने महाराजगञ्जमा छुट्टै निवास बनाइएको थियो। त्यसयता ज्ञानेन्द्र त्यहीँ बस्दै आएका छन्।
ज्ञानेन्द्रको निर्मल निवाससँग रहेको धीरेन्द्रको घर भने लोकतन्त्रको पुनस्र्थापनापछि धीरेन्द्रका छोरीहरुले बेचिसकेका छन्।
ऐश्वर्य र कोमलकी कान्छी बहिनी विहे प्रेक्षासँग विहे गरेका धीरेन्द्रको वैवाहिक जीवन भने सफ हुन सकेन।
विदेशी युवतीहरुसँगको सम्बन्धका कारण ०४५ सालमा प्रेक्षासँग उनको पारपाचुकेमात्र भएन, अधिराजकुमार पदबाट राजिनामा समेत दिनु पर्यो।
धीरेन्द्र १९ जेठ ०५८ मा भएको दरवार हत्याकाण्डमा मारिए भने त्यसै साल कार्तिकमा रारा तालको भ्रमणताका हेलिकोप्टर दुर्घटनामा परी प्रेक्षाको पनि निधन हुन पुग्यो।
दरवार हत्याकाण्डमा दाजुभाई, भाउजु र त्यसपछि भाई बुहारी प्रेक्षालाई गुमाएका ज्ञानेन्द्रले आफ्नो वैवाहिक बर्षगाँठ बर्षेनी मनाउँदै आएका छन्।
यसपटकको बर्षगाँठ राजधानीको एक रेष्टुरेन्टमा आयोजना गरिएको थियो, जहाँ पूर्व शाही परिवारका सदस्य र नातेदारहरु सहभागी थिए।
त्यस अवसरमा तयार पारिएको केक काटेपछि पूर्वराजाले पत्नी कोमललाई र कोमलले पति ज्ञानेन्द्रलाई खुवाएकी थिइन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












