नयाँ शक्ति फोरम एकता घोषणा आज, बाबुराम सिनियर अध्यक्ष बन्दै
काठमाडाैँ । नयाँ शक्ति तथा संघीय समाजवादी फोरमबीच आज (सोमबार) पार्टी एकता घोषणा हुँदै छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो ११ः ४५ बजे हुने कार्यक्रममा एकताको औपाचारिक घोषणा गर्ने कार्यक्रम छ ।
नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमती दुई दलबीच भइसकेको छ। एकतापछि डा भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने छन्।
भट्टराई संघीय परिषदको अध्यक्ष बन्नेछन् भने यादव केन्द्रीय समितिको अध्यक्ष बन्ने सहमती दुई दलबीच भएको छ।
पार्टीभित्र बाबुराम पहिलो र उपेन्द्र दोश्रो बरियतामा रहनेछन्। तीन सय सदस्यीय केन्द्रीय समितिमा दुई सय फोरमका र एक सय नयाँ शक्तिका रहने सहमती दुई दलबीच भइसकेको दुबै दलका नेताले जनाएका छन्।
संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन्।
भट्टराई र यादव दुबैको पृष्ठभूमि माओवादी जनयुद्ध हो। ०५४ सालमा माओवादी छाडेका यादव त्यसयता लगातार फोरमको अध्यक्ष छन्। हाल उनी फोरमको अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











