विप्लवको बन्दको प्रभावः सुर्खेतमा यात्रुबाहक बसमाथी आगजनी, देशैभरी कुन ठाँउमा के भयो ?
काठमाडाैँ ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले पूर्वी सुर्खेतमा एउटा यात्रु बस जलाएका छन् ।
गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले गोचेखोलामामा पुगेपछि आगो लगाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए ।
मकवानपुरमा दुई गाडी जलाइयो
मकवानपुरको थाहा नगरपालिकामा सोमबार बिहानै गाडी जलाइएको छ। बन्दका दिन बिहानै ४ बजे थाहा नगरपालिका(१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै मकवानपुरकै हेटौंडामा मिनी ट्रक जलाइएको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आगोले गाडी पूरै जलेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–१ को कोशी राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ। त्यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका– ७ पूर्वपश्चिम राजमार्गमा पनि कुकर बम भएको आशंका गरिएको छ।
इटहरी धरान सडक खण्डको बीचमा चारकोसे झाडीमा पनि शंकास्पद वस्तु फेला परेको छ।
मोरङ र सुनसरीका ३ स्थानमा शंकास्पद वस्तु फेला
बुढिगंगा गाउँपालिकामा बिहान करिब ६ बजे तिर उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रेसर कुकर जस्तो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बमको आशंका गरिएको छ। राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त वस्तु फेला परेको हो। सो स्थानमा सुरक्षाकर्मीले घेरा हालेका छन्।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा बम फेला परेको हो।
बारामा ट्रक जलाइयो
बारामा भारतीय ट्रक जलाइएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका(३, बजनीमा रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगो लगाएको हो। एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल(भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो। आगजनीमा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
हेटौंडाको बुद्धचोकमा कुकर बम
सोमबार बिहान हेटौंडाको बुद्धचोकनजिक प्रेसर कुकर बम भेटिएको छ। बम राखेको खबर पाएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएर बम निस्क्रिय बनाएको छ।
तनहुँका दुई ठाउँमा शंकास्पद वस्तु
तनहुँका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छन्। सदरमुकाम दमौलीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।
मोरङको सुन्दरहरैँचामा बम
यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका(७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रौतहटको
राैतहटमा शंकास्पद वस्तु
पूर्व(पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहापुर चोकमा शंकास्पद् वस्तु फेला परेको छ। उक्त बस्तु बम भएको प्रहरीको अनुमान छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ
भक्तपुरमा शंकास्पद बस्तु
नेपाल बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु निष्क्रिय पारिएको छ । विप्लवको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थपरे ुहाइ अलर्टुमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले बताएका छन्।
धादिङमा बम निष्क्रिय
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुल बम फेला परेको छ । सोमवार बिहानै फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले चार घण्टापछि निष्क्रिय बनाएको छ। आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्क्रिय पारेको हो । विष्फोटक पदार्थ गजुरीबाट नेपाली सेनाको टोली निष्क्रिय बनाएको हो।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ । अर्कातिर धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु भेटिएको छ
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












