गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तत्काल स्थगितः धुर्मुस–सुन्तली फाउन्डेसन
काठमाडौं– निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तत्काल रोकिएको छ ।
बुधबार केही स्थानीयले निर्माणाधीन रंगशालाको सुरक्षाका लागि बारिएको जस्तापातामा डोजर लगाई भत्काएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य तत्कालका लागि रोकेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए। यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो।
बुधबार राति विज्ञप्ति जारी गर्दै फाउन्डेसनले जोरजबरजस्ती भएका गतिविधिहरुबाट कार्यवातावरण, कर्मचारी, कामदारको जिऊ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको श्रृजना भएको हुँदा यसको स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि परियोजनाको कामकारवाही स्थगित गरिएको जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जारी गरेको विज्ञप्तिमा परियोजनाको प्रारम्भदेखि नै कार्यवातवरणमा असहजता श्रृजना गराउने, विभिन्न अुनचित माग राख्ने र फाउण्डेसनका कर्मचारी तथा सहयोगीहरुलाई धम्काउने, त्रास देखाउने गतिविधिहरु भइरहँदा पनि चितवनवासीको आत्मसम्भ्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिहरुलाई आफूहरुले सामान्य रुपमा लिएको उल्लेख गरेका छन् ।
धुर्मुसले डीपीआर पश्चात महानगर, एएफयु र फाउण्डेशन बसि उक्त पश्चिम तर्फको बाटको विषय तय गर्न लगाइएको अस्थायी बारबारेमा सुनियोजित रुपमा तयारीका साथ स्थानीयलाई भ्रामक दुष्प्रचार गरी समूहमा आई फाउण्डेसन प्रशासनले बारबेरको कार्य स्थगन गरी सकिएको अवस्थामा जोरजबरजस्ती गतिविधिहरु भएको जनाइएको छ ।
पश्चिम तर्फको अस्थायी बारबेरमा अराजकीय तरिकाबाट डोजर प्रयोग गरी तहसनहस बनाई ठूलो क्षति पु¥याइएको प्रति फाउण्डेसनले घोर भर्त्सना गरेको छ ।

रंगशालाको कार भत्काउने कार्यमा संलग्न १७ जनालाई बुधबार राति नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












