प्रचण्डको अभिव्यक्तिले तरङगित पुर्व एमाले, वामदेव भने उभिए प्रचण्डको कित्तामा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तरङ्ग उत्पन्न भएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन भारत प्रस्थान गर्नै लाग्दा प्रचण्डले ‘फायर’ खोलेको भन्दै पूर्वएमाले पंक्ति सशंकित र तरंगित बनेको हो ।
गत सोमबार विराटनगरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एकीकरणका बेला दुई दलबीच सहमति भएको बताएका थिए । तर, बुधबार प्राइम टेलिभिजनले लिएको एकघण्टा लामो अन्तर्वार्तामा आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको भन्दै बहस नै त्यसमा केन्द्रित गरेपछि नेकपाभित्र झागिँदै गएको अन्तरविरोध अब सतहमै आएको हो ।
तर, आलोपालो सहमतिको खुलासा प्रचण्डले यसअघि पनि गरेका थिए । संयोग के परेको छ भने पहिलोपटक उनले भारत भ्रमणका बेला त्यहाँका पत्रकारसँग सहमतिको खुलासा गरेका थिए । यसपटक अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने तयारीमा रहेकै बेलामा उनीसँग भएको सहमतिका बारेमा खुलासा गरेका छन् ।
प्रचण्डको पक्षमा वामदेव,भन्छनःसरकारको नेतृत्व परिवर्तन सहमति उल्लंघन नहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।
शुक्रबार प्रेस संगठन प्युठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’
उनले सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने बताए पनि कहिले र कसरी हुने भन्ने विषयमा भने केही खुलाएनन् ।
सरकारको नेतृत्व परिवर्तन गर्ने सहमतिबारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अभिव्यक्ति सार्वजनिक भएलगत्तै वामदेवले प्युठान आएर नेतृत्व परिवर्तनको प्रसंग उठाएका हुन् ।
अर्को प्रसंगमा उनले सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षीय भएको बताए । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी गरे ।
वैदेशिक ऋण बढी भयो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ऋण लिनैपर्छ, विकासका लागि विकसित देशले पनि लिएका छन् ।’
स्वरोजगार सिर्जना गर्न देशमा भएका खानी उत्खनन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने भन्दै उनले भने, ‘सिस्टममा केही अप्ठ्यारा छन्, अब सफ्टवेयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ ।’
मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐन संशोधन तथा नयाँ कानुन निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैरकानुनी काम झनै बढेको उनको दाबी थियो ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनुपर्ने उल्लेख गरे । एकाध हुने आपराधिक घटनाको छानबिन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












