प्रचण्डले भनेः छोराछोरी बाटो विराएर घर छाडेर जाँदा चिन्ता थियो,घर फर्कंदा खुसी लागेको छ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्। उनलाई ने क पाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन्।
तत्कालिन नेकपा माओवादीका पोलिटब्युरो सदस्य राई माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा गएका थिए। पछि विप्लवले मोहन वैद्य नेतृत्व फुटाएपछि उनी विप्लवसँगै लागेका थिए।
पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका राईलाई गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
विप्लवले बनाएको जनसरकारको उपप्रमुखसमेत रहेका राईलाई अदालतको आदेशपछि रिहा गरिएको थियो।
उनले गणतन्त्र दिवसको दिन आयोजित संविधानसभा पदक वितरण समारोहमा सहभागी भइ पदकसमेत लिएका थिए।
पार्टी प्रवेश गर्दै राईले विप्लव नेतृत्वको पार्टीले गरेका पछिल्ला गतिविधि मन नछुने खालका भएको भन्दै पार्टी परित्याग गरेको बताए।
‘म कुनै डर त्रास र धम्कीले सुरक्षित हुन यहाँ आएको होइन। म केही अपेक्षासहित यहाँ आएको छु,’ उनले भने, ‘एकीकृत जनक्रान्ति भन्दै म पनि लागेको थिएँ। तर पछिल्ला केही गतिविधिहरु मन छुने खालका भएनन्। हामीसँग अहिले १७ हजार योद्धाहरु छैनन्। अब फेरि जनतालाई दु:ख दिएर उपलब्धी संस्थागत हुन सक्दैनन् त्यसैले यहाँ आएँ।’
उनले सरकारले गठन गरेको सोमप्रसाद पाण्डेको नेतृत्वको वार्ता टोलीसँग आफूले पटक पटक सम्पर्क र वार्ताको पहल गरेको भन्दै त्यही सुत्रबाट ने क पाका नेताहरुसँग भेट गरेको थियो।
पछिल्लो पटक राई सीधै प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सम्पर्कमा रहेका थिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












