विप्लवद्वारा सोलुखुम्बुमा प्रहरी चाैकी कब्जा प्रयास
नेत्र विक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेकपाको कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ।
आइतबार राति करिब ३० जनाको समूहमा विप्लव कार्यकर्ताबारे सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ।
मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए। विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको खुलेको छ। प्रहरी नभेटेपछि उनीहरू बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए। तर, सोलुखुम्बुस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षाअधिकारी ,महाकुलुङ गाँउपालीका अध्यक्षलगाएतका अधिकारीले यसको स्वतन्त्र पुष्टि गर्न अस्वीकार गरेका छन्।
विप्लवले चौकी कब्जा प्रयास गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बैठक चलिरहेकाले पछि मात्रै सूचना दिने बताएका छन्।
प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली त्यस क्षेत्रमा हेलिकोप्टरबाट पुगिसकेका छन्। विस्तृत जानकारी अझै आउन बाँकी छ। यसअघि पनि त्यस क्षेत्रमा विप्लवका कार्यकर्ता हतियारसहित आउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











