आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै
एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।
लर्ड्समा हुने खेलमा दुई उपाधि दाबेदार राष्ट्र इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।
लर्ड्स क्रिकेट मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ । त्यसैले दुई हेबिवेट राष्ट्रको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिका को दोस्रो स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड चौंथो स्थानमा छ ।
इंग्ल्याण्डलाई घरेलु समर्थकको साथ हुनेछ । तर, इंग्ल्याण्डलाई अष्ट्रेलियाविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन । इंग्ल्याण्ड ओपनर जासन रोयविना मैदान उत्रनेछ । रोय चोटका कारण मैदान बाहिर रहेका छन् ।
यता, अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानको न्युजिल्याण्डभन्दा मात्र १ अंकले पछि छ ।
घरेलु टोलीविरुद्ध अष्ट्रेलियालाई चोटको चिन्ता छैन । सबै खेलाडीहरु लयमा देखिएका छन् । त्यसैले अष्ट्रेलिया जितका लागि खेल्नेछ ।
दुईबीचको पछिल्लो पाँच भेटमा भने इंग्ल्याण्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा इंग्ल्याण्डले पाँचै खेल जितेको छ । इंग्ल्याण्ड भ्रमणको क्रममा अष्ट्रेलियाले पाँच खेलको सिरिज गुमाएको थियो ।
तर, अष्ट्रेलिया उक्त हारको बदला लिने योजनामा हुनेछन् ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











