प्रधानमन्त्री निकटका रमेश सिलवाल राखेपको सदस्य सचिव बन्ने
काठमाडौं । तत्कालीन युवा संघका उपाध्यक्ष समेत रहेका गोल्डेन गेट कलेजका संचालक रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा नियुक्ति पाउने देखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल आगामी असार ९ गते सकिने भएपछि उक्त पदमा पुग्न भलिबल संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला समेत दाैडमा थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली निकट मानिने सिलवालले प्रधानमन्त्री ओलीलाई समेत भेटेको स्विकार गरेका छन् । संभवत मन्त्री परिषद् बैठकले भोली उनलाई नियुक्ति दिने निर्णय लिने जनाइएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा पूर्व अध्यक्ष समेत रहेका सिलवाललाई तदर्थ समिति मार्फत क्रिकेट संघ (क्यान)को अध्यक्षमा समेत स्थापित गर्न खोजिएको थियो ।
चीन भ्रमणमा रहेका सिलवाल राखेपमा नियुक्ति पाउने देखिएपछि भ्रमण छोट्याएर स्वदेश फर्किसकेका छन् ।
Comments
अरु समाचार
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











