शिक्षा मन्त्रीको फेसबुक मोहः पेजमा लाइक बटुल्न डलर तिरेर बुस्ट, कसरी ल्याउला सरकारले करको दायरामा ?
काठमाडाैं । सरकारले फेसबुक, ट्विटर जस्ता अन्य सामाजिक संजाललाई करको दायरामा ल्याउने भन्दै करको दायरामा नआए प्रतिबन्ध लगाउने भन्दै भनिरहेको अवस्थामा सरकारका मन्त्रीहरुको फेसबुक मोह भने चाख लाग्दो देखिन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आफ्नो फेसबुक पेज बुस्ट गराएका छन् ।
फेसबुक पछिल्लो समयको चर्चित एवं विवादीत डिजिटल प्लेटफर्मको रुपमा स्थापित भइसकेको छ । तर, मन्त्री पोखरेलले आफ्नो पेजमा लाइक बढाउन पेज बुस्ट गराएका हुन् ।
फेसबुक पेजमा धेरै लाइक बटुल्ने हुटहुटीका कारण मन्त्री पोखरेलले फेसबुकलाई पैसा तिरेर बुस्ट गराएका हुन् । फेसबुकले नेपाली बैंकका कुनै कार्ड या बैंक खाताबाट पैसा लिदैन । अन्तराष्ट्रिय मुलुकका विभिन्न क्रेडित तथा डेबिट कार्डबाट पैसा लिने गरेको फेसबुकले पैसा तिरेर पेज बुस्ट गराएपछि आम मानिसको फिडमा उनको पेजलाई पुर्याइदिन्छ ।
फेसबुकले नेपाली १ रुपैयाँ वरावर १ लाइक दिने भनेर भनेपनि कतिपय अवस्थामा त्यो समेत नदिएर ठगिरहेको हुन्छ ।
७७ हजार ५ सय ४५ पेज लाइक भइसकेको छ मन्त्री पोखरेलको । उनले यहि असार ९ गते पेजलाई बुस्ट गराएका हुन् ।
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नारासहित मन्त्री पोखरेलले पेजलाई बुस्ट गराएका छन् ।
फेसबुकले पेज बुस्ट गराउदा कुन देश, कहाँ, कति समेर समूह, लिङ्ग समेत छुट्याएर बुस्ट गराउन मिल्ने व्यवस्था गरेको हुन्छ ।
यद्यपी मन्त्री पोखरेलले कति दिनकालागि कति बजेट बरावर बुस्ट गराएका हुन भन्ने कुरा भने फेसबुकले देखाउदैन । यसरी सरकारका मन्त्रीले समेत पेजलाई बुस्ट गराएर बजेट सक्काउनु र करको दायरामा ल्याएरै छाड्छाै भन्नू कति उत्तम होला खै ?
हेर्नुहोस् उनको बुस्ट पोस्टः
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












