सांसद प्याकुरेललाई बोक्ने लक्ष्मण भन्छनः दाईलाई रिंगाटा लागेपछि सक्नु भएन, मैले बोक्या हो
काठमाडाैं । बाढि पीडितको अवस्था बुझ्न राैतहट पुगेको मन्त्रीहरुको टिममा प्रदेश सभा सांसद सुमनराज प्याकुरेल एक जना युवाको बुई चढेको तस्बिरले सामाजिक संजाल तातिएको छ ।
यसबारे सांसद प्याकुरेलसँग कुरा गर्दा उनले भने, म ब्लड प्रेसरको बिरामी मान्छे एक्कासी रिंगाटा लाग्यो । असहज भएपछि एकछिन बसेर आराम गरेर आउछु भने । तर, मेरो चिनजानका एकजना भाइले हैन म बोक्छु दाई भनेर बोके । त्यहाँ म मात्रै दलबल लिएर गएको पनि होइन् । हाम्रो साथमा उपप्रधान मन्त्री, बहालवाला मन्त्रीहरु हुनुहुनन्थ्यो । अझ पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल समेत हुनुहुन्थ्यो । त्यहाँ सानो खाल्डो थियो । मैले नसक्ने भएपछि ती भाइले मलाई बोकेर उतापट्टी लगेका हुन् । तर, कतिपय मान्छेले मानविय संवेदना समेत भुलेर अनावश्यक प्रचार गर्ने काम गरे ।
म साह्रै दुखी भए । मैले नसक्ने भएपछि ती भाइले मलाई उनकै राजी खुशीले दाई सक्नु भएन । आउनुस म बोकी हाल्छु नी भनेर बोकेके हुन तर यहाँ नानाथरी कुराहरु गरेर मलाई लज्जित बनाउन खोजियो । यो गलत हो । मानवियता त हुन्छ नी होइन ।
यस्तै, बोक्ने युवा हुन्, स्थानिय लक्षमण यादव । लक्ष्मणले हामीसँग भने, तराईको गर्मी तपाईहरुलाई समेत थाहा होला नै । त्यसैमा सुमन दाई ब्लड प्रेसरको बिरामी मान्छे नसकेर हैरान परेपछि मैले दाई आउनुस म बोक्छु भनेर बोकेको हो । मान्छे नसक्ने भएपछि बोकेको हो मैले । चाकडी गर्न या मैले उहाँलाई खुशी पार्न बोक्या त होइन नी । अर्को कुरा मलाई सुमन दाईले बोक भनेर भन्नू भा पनि होइन् ।
त्यहाँ त्यत्रो संख्यामा मान्छे थिए । बहालवाला मन्त्रिहरु हुनुहुन्छ । पूर्वप्रधान तथा नेकपाका बरिष्ठ नेता हुनुहुन्छ । प्रहरी छ । अनि मैले बोक्दा कुनै आवेगमा वा प्रेसरमा बोक्या त होइन नी । सुमन दाईको अवस्था देखेपछि मैले मेरै आग्रहमा बोकेको हो । यसलाई केहि समुदायका मान्छेले अतिरञ्जित बनाउन खोजे । यस्तो गर्न हुँदैन थियो । मलाई सोधेको भए म भनि हाल्थ्ये नी । यत्तिकै मानवियताको कुरा भुलेर मान्छेलाई कुप्रचार त गर्न भएन नी होइन र ?
रौतहट बाढीबाट यो वर्ष सबैभन्दा बढी प्रभावित जिल्ला हो। अहिलेसम्म त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। राैतहट नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको गृह जिल्ला समेत हो । भने काठमाडआैंबाट सबैभन्दा नजिकको बाढी पीडित जिल्ला समेत हो ।
Comments
अरु समाचार
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











