विप्लव कार्यकर्ता खाना खान होटल छिरेका बेला प्राविधिक त्रुटीले बम पड्किएयाे
काठमाडौं । कैलालीको धनगढीस्थित निलम होटलमा बिहीबार साँझ विस्फोट भयो । उक्त विस्फोटमा पाँच जना घाइते भए । घाइते पाँचै जनाको धनगढीस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
त्यहाँ ‘स्टिल कन्टेनर'(टिफिन बक्सजस्तो बीचमा प्वाल पारेर विस्फोट गराउन प्रयोग गरिने) बम विस्फोट भएको कैलालीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले न्युज नेपाललाई जानकारी दिए । घटनास्थलबाट नाइन एमएमको पस्तोलसमेत प्रहरीले बरामद गरेको छ ।
घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको पुष्टि भएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना विप्लव समूहका कञ्चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ । घाइते हुनेहरूमा राम सिँह- बझाङ (विप्लब समूह),लक्ष्मण सेरला – बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे – होटल मालिक रहेको प्रहरीले जनाएको छ ।
धनगढीमा विस्फोट : पाँचजना घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि
स्रोतका अनुसार उनीहरुले उक्त बम पहाडतिर लैजाने तयारी गरेका थिए । पहाड जानका लागि तयार भएका र खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम प्राविधिक त्रुटीवश पड्किएको जनाइएको छ ।
घाइते दुबै जना पूर्व जनमुक्ति सेनाका लडाकु रहेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।
तर, यता विप्लव समूहका कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले भने विप्लव समूहको संलग्नता नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “कहीँ विस्फोट तथा आतंक हुँदा सीधै विप्लव समूहको नाम जोड्ने र बदनाम गर्ने सरकारको नीति छ । अनावश्यक आरोपमा विप्लव समूहलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।”
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












