संखुवासभामा जन्मेकी प्रतिष्ठा राउत मिस इङल्याण्डको फाइनलमा
मिस इङ्ल्याण्डको फाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठा राउतलाई जिताउन बेलायतबासी नेपाली समुदाय कम्मर कसेर लागिपरेका छन् । उनको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले शुक्रबार लन्डनको हयारोमा च्यारिटी डिनर आयोजना गरिएको छ ।
सो च्यारिटीबाट करीब १० हजार पाउण्ड संकलन भएको च्यारिटीका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।
काठमाडाैं । कार्यक्रममा उनले प्रतिष्ठा साँच्चै नै नेपाल र नेपालीको लागि ‘प्रतिष्ठा’ भएको उल्लेख गर्दै सहयोग गर्न आह्वान गरेका थिए । जसअनुसार एनआरएन मध्यपूर्व संयोजक आरसी शर्मा, एसिया प्यासिफिक रिजनल डेपुटी अर्डिनेटर बिमल कुँवर, क्षेत्री समाज युकेका पदाधिकारीसहित उपस्थित व्यक्तित्वहरुले प्रतिष्ठाको लागि सहयोगको घोषणा गरेका थिए ।
मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि प्रतिष्ठाले च्यारिटी जुटाइरहेकी छन् । प्रभावकारी च्यारिटी गर्न सके उनलाई ‘ब्युटी वीथ अ परपोज’ टाइटल पनि हात पर्नेछ ।
कार्यक्रमा बोल्दै प्रतिष्ठाले मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेको भएपनि त्यसको पीडा भोग्नेहरुलाई मात्रै थाहा हुने बताइन् । यसो भन्दै गर्दा भावुक बन्न पुगेकी उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेका छन् । तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ ।’
उनले आफू म यस प्रतियोगिताभर मात्र नभइ भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुको सहयोग र जनचेतना जगाउन लागि पर्ने बताइन् ।
पुर्ख्याैली घर नेपालको संखुवासभाको चैनपुर भएकी प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् भने अहिले बेलायत अल्डरसटमा परिवारसँग बस्दै आएकी छिन् ।
२६ वर्षीया प्रतिष्ठा करिब २२ हजार आवेदकमध्येबाट छानिएर मिस इंग्याण्ड प्रतियोगिता–२०१९ को फाइनल पुगेकी हुन् ।
अब ५४ प्रतिष्पर्धीबीच यही ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा फाइनल हुनेछ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा हुनेछ भने भोलिपल्ट ‘ग्राण्ड फिनाले’ हुने छ । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छन् ।
प्रतिष्ठाले आफूलाई जिताउन ‘मिस इंग्ल्याण्ड ४२ टँइप गरेर ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत् सहयोग गर्न अपिल गरेकी छन् ।
प्रतिष्ठा भूपु गोर्खा प्रकाश राउतकी छोरी हुन् । उनी १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी थिइन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











