तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लुएचओ समन्वय केन्द्र मान्यता
काठमाडाैँ । तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ ।
नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ ।
भक्तपुरस्थित सार्क क्षयरोग केन्द्रले सो सङ्गठनबाट समन्वय केन्द्रको मान्यता पाएको छ । आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले राष्ट्रिय एवम् अन्तरराष्ट्रियरूपमा महत्वपूर्ण काम गरेवापत सङ्गठनले यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानलाई प्रमाणपत्र प्रदान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओका देशीय प्रतिनिधि डा जोस भ्यान्डेलारले प्रतिष्ठानका कार्यकारी अधिकृत प्रा डा रीता गुरुङलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सङ्गठनले हालसम्म ८० देशका ८०० केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । समन्वय केन्द्रको प्रमाणपत्र पाएसँगै प्रतिष्ठानका आँखा उपचार सेवा, शिक्षा, तालीम, उत्पादन तथा जनशक्तिले अन्तरराष्ट्रिय मान्यता पाएको छ ।
सन् १९९४ मा स्थापित प्रतिष्ठानले हालसम्म ६११ नेत्ररोग विशेषज्ञ, ७३२ आँखा स्वास्थ्यकर्मी, १० हजार ३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र छ हजार ९१६ चिकित्सा क्षेत्रका विद्यार्थीलाई तालीम प्रदान गरेको छ । यसैगरी आँखा स्वास्थ्यको अनुसन्धानमा प्रतिष्ठान अग्रस्थानमा रहेको छ । प्रतिष्ठानले हालसम्म २१० योजनामा सफल अनुसन्धान गरी १८३ शोध लेख प्रकाशन गरेको छ ।
त्यस्तै मोतियाविन्दु शल्यक्रियामा हालसम्मको नवीनतम प्रविधि फिमटोसेकोण्ड लेजर एसाइसटेड क्याक्टर सर्जरी सेवा शुरु गर्न लागिएको छ । हालसम्म प्रतिष्ठानले ६० लाखभन्दा बढी आँखा उपचार सेवा र चार लाखभन्दा बढीको अत्याधुनिक प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरी ज्योति प्रदान गरेको छ ।
अर्कातर्फ भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, चीन, म्यान्मा, इण्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, अर्जेन्टिना, इथियोपिया र घानाका नेत्र चिकित्सक प्रतिष्ठानमा आई मोतियाविन्दु चिकित्सा विधिका बारेमा ज्ञान लिएका छन् ।
यसैगरी १७ सामुदायिक आँखा केन्द्रमार्फत सेवा, आँखा बंैकमा १० हजारभन्दा बढी आँखाको नानी सङ्कलन, ८५ हजारभन्दा बढी व्यक्तिको आँखाको नानी दान गर्ने इच्छापत्र हस्तान्तरण तथा ५० लाखभन्दा बढी लेन्स उत्पादन गरी ७० देशमा वितरण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












