भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन
हृदयाघातका कारण ुअल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेसु, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ।
६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।
उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन्। चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन्। उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सांसद भइसकेकी छन्।
स्वराजको जन्म सन् १९५३ फेब्रुअरीमा अम्बाला छावनीमा भएको थियो। उनका बुबा हरदेव शर्मा राष्ट्रिय स्वयंसेवक संघका सदस्य थिए। स्वराजले एसडी कलेजबाट राजनीति शास्त्रमा स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट कानूनको डिग्री लिएकी थिइन्।
उनले आफ्नो राजनीतिक यात्रा अखिल भारतीय विद्यार्थी परिषदबाट सुरू गरेकी थिइन्। पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्।
हरियाणाबाट चुनाव जितेकी उनी २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्। उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन्।
मोदीले दुःख व्यक्त गर्दै ुस्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन्ु भन्दै ट्विट गरेका छन्।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











