ढुक्क हुनुस्, ‘मेलम्चीको पानी मेरै पालामा आउँछ’: मन्त्री बिना मगर
काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, “यहाँ बोल्ने माननीयज्यूहरुले २४ वटा मन्त्री फेरिए तर मेलम्ची आएन भन्नुभो । यो सरकार अघिल्ला सरकारजस्तो होइन ।
तपाईंहरु सबै ढुक्क हुनुस्, अब २४ औं मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौंबासीले खान पाउँछन् ।”
मेलम्चीका विषयमा आफूले सांसदहरुबाट धेरै पटक धेरै प्रश्न सुनेको र आफूले पनि धेरै पटक जवाफ दिइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं आउने प्रतिवद्धता दोहोर्याइन् ।
नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिनेसमेत मन्त्री मगरले बताइन् । “सीएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिन सरकारको र मन्त्रीको कुनै भूमिका छैन । सिएमसी टाट पल्टिएकाले नेपालमा मात्रै होइन अरु देशमा पनि असफल देखिएको कुरालाई माननीयज्यूहरुले आत्मसात् गर्नुपर्यो,” उनले भनिन् ।
नेपालको सबै क्षेत्रमा खानेपानी वितरण, स्रोत संरक्षण र पहिचान र व्यवस्थापन गर्न मन्त्रालयले खानेपानी विधेयक तयार गरिसकेकाले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै नै हासिल गर्ने मन्त्री मगरले बताइन् ।
“हिमाल, पहाड र तराईलाई केन्द्रित गरेर र वर्षाको संकलन गरेर पानीको वितरणको तयारीमा छौं । सस्ता खालका केही आयोजना सञ्चालन गरेर खानेपानी पूर्तिको योजना बनाएका छौं । सम्भव भएका स्थानमा डिप बोरिङ गर्नेछौं । धेरै आयोजना निर्माणाधीन छन् । देशभर ९२ प्रतिशत खानेपानी पुर्याउने प्रतिवद्धतामा केन्द्रित रही आधारभूत खानेपानीको परिपूर्ति र निर्यात गर्ने लक्ष्यमा छौं,” मन्त्री मगरले भनिन्, “जथाभावी डोजर चलाएका कारण पानीका मुहान सुकेका छन् । डोजरको जथाभावी सञ्चालन रोक्न पहल गरेका छौं । चुरे–भावर क्षेत्र संरक्षणमा सबै जुट्नुपर्छ । सबै निकायले पानीको मुहान संरक्षणका काम गर्नुपर्छ ।”
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकेका पानीका मुहान संरक्षण र खानेपानीको सम्भावित स्रोत पहिचानमा मन्त्रालयले अध्ययन गरिरहेको पनि मन्त्री मगरले बताइन् । “उपत्यकामा खानेपानीका धेरै स्रोतहरु सुकेका छन् । हाम्रो मन्त्रालयको एउटा निकायले डेढ वर्ष लगाएर खानेपानीको सन्दर्भमा अध्ययन गरेको छ । ढुङ्गेधाराको पानी परीक्षण र स्रोत पहिचान र पुर्खाले बनाएका ढुङ्गेधारा र पोखरीको अध्ययन गरेको छ । कतिपय पोखरीमा घर बनाएको भेटिएको छ,” मन्त्री मगरले भनिन् ।
जमिनमा पानीको रिचार्ज आवश्यक रहेकाले यसपलि सानै भए पनि जमिन रिचार्जको अध्ययन गरेको संसदमा उनले जानकारी गराइन् । काठमाडौंलाई फोकस गरेर ढुङ्गेधाारा र पोखरीको कनेक्सन लागू गर्ने काम यही वर्षाबाट सुरु गरिने उनले बताइन् । खानेपानीको परिपूर्तिका साथै डिपबोरिङ र जमिनबाट निकालिने पानीको आर्सेनिक लगायतले पारेको समस्याले उत्पन्न भएका समस्या समाधान गर्न पनि मन्त्रालयले काम सुरु गरेको मन्त्री मगरले उल्लेख गरिन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












