प्रधानाध्यापकले मुक्का हानेर झारिदिए विद्यार्थीको दाँत !
बाग्लुङ । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बाग्लुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् ।
कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए । अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले गुनासो गरे ।
“छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो”, पौडेलले भने, “माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ”, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ ।
जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो । बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन् । “पठनपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाइयो”, उनले भने “म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन ।” ती शिक्षकविरुद्ध कानूनी उपचार बताउँदै पौडेलले कुशल खेलाडीसमेत भएकाले सामान्य चोटबाट उनी पीडित नहुनुपर्ने बताए । विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











