‘काम पहिले गरेर त्यसलाई वैधानिकता दिन कानुन ल्याउँदा सरकारको नियतमा शंका लाग्छ’: सांसद झाँक्री
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले काम पहिले गरेर त्यसलाई वैधानिकता दिन कानुन ल्याउँदा शंका उत्पन्न भएको बताएकी छन्।
आज मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद झाँक्रीले राष्ट्रिय परिचयपत्र विधेयक ल्याउने र त्यसको कार्यान्वयनको पक्षमा सरकारको नियतमाथि शंका लागेको बताएकी हुन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्नब्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद झाँक्रीले भनिन् राष्ट्रिय परिचयपत्रको सम्बन्धमा एउटा जिज्ञसा थियो कि एउटै कार्डमा सबै सूचना रहन्छन्। नागरिकका सबै सूचना एकत्रित हुने सोचेका थियौँ।
तर, राष्ट्रिय परिचयपत्रसम्बन्धि विधेयक आउनुभन्दा पहिले नै १५ जिल्लामा राष्ट्रिय परिचयपत्र बाँडिसकिएको छ। कार्ड छाप्ने टेन्डर पनि भइसकेको छ। नागरिकता, ड्राइभिङ लाइसेन्स, लालपूर्जा, जन्म दर्ता, विवाह दर्ता, प्यान कार्ड, बैंक खाता नम्बर लगायतका सूचना एकत्रित गर्ने काम सरकारले गरेको छैन। जे सूचना एकै ठाउँ गर्ने भनेका छौँ त्यो नगरी राष्ट्रिय परिचयपत्र बाँडिरहेका छौँ। यो कुरा सरकारले केका लागि राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दियो भन्ने प्रश्न उठ्छ।
राष्ट्रिय परिचयपत्र जरुरी छ। मानव विकास सूचकांकको सही तथ्यांक लिनका लागि पनि यो परिचयपत्रको आवश्यकता पर्थ्यो। राज्यको दायित्व कोप्रति हो भन्ने पनि छ। हामीसँग डाटावेस तयार भएको छैन। अहिले हामीले सात-आठ कार्ड बोकिराखेका छौँ। यो कार्ड थप हुने भयो। नागरिकता, जन्मदर्ता जम्मै प्रमाणपत्र बोकेजस्तो यो राष्ट्रिय परिचयपत्र बोक्ने हो भने यसको उपयोगिता छैन। राष्ट्रिय परिचयपत्रमा बढीभन्दा बढी सूचना समावेश गरे राम्रो हुन्छ।
डाटावेस कसरी व्यवस्थित गर्ने र डाटा पढ्ने एजेन्सीलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न पनि छ। तर, छाप्ने ठेक्का पनि लगाइसकेको र परिचयपत्र पनि बाँडिसकेको विषयलाई वैधानिकता दिनका लागि यो विधेयक हतारपतार गरिएको हो कि भन्ने लागेको छ। नेपालभित्र बस्ने विदेशी कुटनीतिज्ञ र कामदारको डाटा राख्ने लगायतका राम्रा व्यवस्था पनि यो परिचयपत्रमा गरिन लागेको छ। सरकारको काम अगाडि कानुन पछाडि आउने तरिकाले नियतमा शंका लाग्छ
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












