योजना आयोगमा विवाद: उपाध्यक्ष र सदस्यबीच मनमुटाव
विराटनगर । गठन भएको एक वर्ष नपुग्दै एक नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरुबीच मनमुटाव शुरु भएको छ ।
प्रदेश योजना आयोगका सदस्यहरुले उपाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टी जाहेर गरेका छन् । आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले पनि सदस्यहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाउन थालेपछि उनीहरुबीचको मनमुटाव र असन्तुष्टी बाहिरिएको हो । २०७५ मंसिर १९ गते गठन भएको प्रदेश योजना आयोगमा अझै दुईजना सदस्य थप गर्न बाँकी छ ।
गठन भएको लामो समयसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नै बस्दै आएका उपाध्यक्ष र सदस्यहरु तीन महिनादेखि भाडाको कार्यालयमा विराटनगरस्थित महेन्द्र मोरङ कलेज छेउमा बस्न थालेका छन् । आयोगका सदस्यहरुले उपाध्यक्षले आफुहरुलाई कुनै कार्यक्रमको बारेमा थाह नदिने, कतिपय निर्णय एक्लै गर्ने र आफुहरुलाई हेप्नेशैली देखाउने गरेको बताउँदै माथिल्लो निकायसम्म असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरुले कतिपय योजना आयोगको कार्यक्रम सदस्यहरुलाई समेत जानकारी नहुने भन्दै असन्तुष्टी पोखेको श्रोतले बताएको छ ।
बुधबार आयोगको आयोजनामा भएको एक कार्यक्रममा समेत सदस्यहरुलाई थाह नभएको एक कर्मचारीले बताए ।
‘यीनिहरु साना हुन्, म ठुलो हुँ भन्दै उहाँले हेप्न खोज्नु भयो ।’ भन्दै सदस्यको गुनासो माथिल्लो तहमा पुगेको हो । सदस्य र उपाध्यक्षबीच राम्रो बोलचाल समेत हुन छाडेको छ । केही समयदेखि सदस्य पूर्ण लक्षम लिम्बु र उपाध्यक्ष प्याकुरेलबीच राम्रो बोलचाल छैन् । उनीहरुको विवादका कारण आयोगको बजेटमा समेत असर परेको एक कर्मचारीले बताए । बजेटका विषय पर्याप्त छलफल नगर्दा बजेट भाषणमा आयोगलाई चाहिने जति बजेट नछुटिएकाले असर परेको कर्मचारीले बताए ।
आयोगका सदस्य पूर्ण लक्षम लिम्बुले भने आयोगका उपाध्यक्षले अभिभावकत्व निर्वाह गर्न नसकेको बताए । उनले भने ‘उहाँ हाम्रो बुबा समानको व्यक्ति हुनुहुन्छ तर हाम्रो अभिभावकत्व ग्रहण गर्न नसकेको महसुस गरेका छौँ ।’
प्रदेश योजना आयोगमा तत्कालिन एमालेको तर्फबाट उपाध्यक्षमा सुवोध प्याकुरेल र सदस्यमा मीना भण्डारी र तत्कालिन माओवादीबाट पूर्ण लक्षम लिम्बु रहेका छन् । प्याकुरेल उमेरले ६५ कटेका छन् भने सदस्यहरु ३० माथिका छन् । यता उपाध्यक्ष सुवोध प्याकुरेलले भने ‘उहाँहरु कहाँ जानु हुन्छ, के गर्नु हुन्छ मलाई पनि थाह हुन्न् । कतिपय सन्दर्भमा उहाँहरु सहमती नलिइकन पनि हिडिदिनु हुन्छ ।’
प्याकुरेलले आयोगका निर्णयहरु उहाँहरुकै उपस्थितिमा गर्ने गरेको जानकारी दिनुभयो । कतिपय आफ्नो क्षेत्रअधिकार बाहेकका कुरामा पनि उहाँहरुले चासो राख्ने र आफुहरुलाई जानकारी दिनु पर्ने भन्दै अनावश्यक विषय जोड्ने गरेको प्याकुरेलले बताए ।
केही दिन अघि दुई जना सदस्यले मात्रै राष्ट्रपतिलाई भेटेको प्रसंगले समेत आयोगभित्र तरङ्ग छ । सदस्य भण्डारी र लिम्बुले राष्ट्रपतिलाई भेटेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । यस विषयमा समेत उपाध्यक्षले असन्तुष्टी जनाएका छन् ।
आयोगको विषय प्रधानमन्त्री र राष्ट्रपति कहाँ पुगेको छ । २१ जना दरबन्दी रहेको अयोगमा अहिले मुस्किलले १० जना कर्मचारी छन् । आयोगमा आएका उपसचिव पनि हाजिर भएका छैनन् । आयोगको जिम्मेवारी पाएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि रिजाल कहिलेकाँही आयोग गएर कार्यालयको कामको अड्को फुकाउने गरेका छन् । विवादकै बीच यही १३ गते भने आयोगले प्रदेशको आवधिक योजना सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











