प्रधानमन्त्री ओलीलाई संस्कारको चिन्ताः ‘यो नेपालीपन र सभ्यता होइन
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान समारोहमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कार हराएको विषयमा नै चिन्ता प्रकट गरे।
दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
हिजो पत्रकारले आफ्नै बाबुलाई समेत ‘तपाईँ भन्दैनन्’ भन्ने तर्क गरेर असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले आज संसारमा संस्कार हराउँदै गएको गुनासो गरे। आज उनको आलोचना सोसल मिडियातिर बढी केन्द्रित रह्यो। हिजो पनि उनले सोसल मिडियाप्रति आलोचनात्मक टिप्पणी गरेका थिए।
आज उनले सामाजिक सञ्जलामा प्रयोग हुने भाषा हाम्रो संस्कारको नभएको तर्क गरे। ‘सामाजिक सञ्जालका नाममा हेर्नै नसकिने, सुन्नै नसकिने, पढ्नै नसिने कुरा आइरहेका छन्,’ प्रधानमन्त्री ओलीले चियापानमा सम्बोधन गर्दै भने, ‘यो नेपालीपन होइन, नेपाली सभ्यता होइन। नेपाली यति तल गिर्न सक्दैन।’
उनले नेपाली संस्कार विश्वकै उत्कृष्ट भएको तर्क गर्दै त्यसलाई माथि लैजानुपर्ने बताए। सरकारको काममाथि सामाजिक सञ्जालमा प्रश्न गर्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेपछि प्रधानमन्त्री ओली रुष्ट देखिन थालेका हुन्। सरकारले काम गर्न नसकेकोमा सोसल मिडियामार्फत् आलोचनात्मक अभिव्यक्ति आउन थालेपछि प्रधानमन्त्री त्यसको प्रतिकारमा उत्रिएजस्तै गरी अभिव्यक्ति दिइरहेका छन्।
प्रधानमन्त्री ओलीले केही भएन भन्नेहरूलाई आँखा खोलेर हेर्न आग्रहसमेत गरे।
‘सम्भ्रान्तहरुलाई फरक परेको छैन, बुढाबुढीलाई सोध्नुस् फरक भएको छ कि छैन? स्वस्थ्य बिमा, प्रत्येकका बैंक खाता, फास्ट ट्र्याक खोलिएको छ,’ प्रधानमन्त्री ओलीले भने। उनले तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएको उदाहरण पेश गरे। साथै सरकारले गरेका कामहरु देख्न आग्रह पनि।
ओलीले राष्ट्रलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने पनि बताए। उनले हल्लाका पछि नदौडिन पनि आग्रह गरे।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











