तीन महिना बच्चा सहित नेकपा नेताले घरबाट निकाले कान्छी श्रीमती
कालिकोट । नेपाल कम्प्युनिष्ट पार्टी कार्यालय कालिकोट सचिव दानबहादुर शाहीले कान्छी श्रीमतीलाई घर निकाला गरेका छन् ।
११ महिना अघि विवाह गरे घर भित्र्याएकी सान्नीत्रिवेणी गाउँपालिका–१ माइती भएकी २० वर्षीया गीताकुमारी जैसीलाई तीन महिनाको छोरोसहित उनले घर निकाला गरेका हुन् ।
पूर्वएमालेका जिल्ला सचिवालय सदस्य शाहीले खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा लामो समयदेखि इलेक्ट्रोनिक्स पसल चलाउँदै आएका छन् ।
ढाँटेर बिहे
११ महिना अघि जेठी श्रीमतीलाई क्यान्सर लागेको भनेर शाहीले आफूसँग ढाटेर विवाह गरेको जैशीले बताइन् । ‘मसँग जेठी श्रीमतीलाई क्यान्सर भएको भनेर ललाई फकाई विवाह गरे,’ उनले भनिन्, ‘अहिले घर निकाल गरेका छन्, मेरो बिचल्ली बनाएका छन् ।’
जैसीले आफुलाई विवाह गर्न जेठी श्रीमती रञ्जनालेसमेत फकाएको बताइन् । ‘मलाई विवाह गर्न जेठी श्रीमतीलेसमेत बबाव दिइन्’, उनले भनिन्, ‘विवाह भइसकेपछि बोक्सीको आरोपसहितका बहानामा मलाई दुवैले कुट्ने गरेका थिए ।’
बहुविवाह छल्न नक्कली कागज
शाहीले बहुविवाहको मुद्दाबाट जोगिन गीतासँग पसल गर्न घरभाडा दिएको कागज लेखाइ औँठाछाप समेत गर्न लगाएको खुलेको छ । ‘बहुविवाह बच्नका लागि घरभाडा बसेको कागजमा सहीछाप गर्न लगाए’, उनले भनिन्, ‘श्रीमती भएर आएपछि किन घरभाडाको कागजमा हस्ताक्षर गर्न लगाएको भन्दा काुननबाट जोगिन कागज गरिएको भने ।’
कागजमा मासिक १५ सय भाडादर कायम गर्दै २०७५ साल जेठ ३० गरिएको सम्झौता असार १ बाट लागू हुने उल्लेख गरिएको छ ।
जेठीका नाममा कान्छीको छोरो
आफूले जन्माएको छोराको जन्मदर्ता पनि दानबहादुरले जेठी श्रीमतीको रन्जना शाहीको नाम गराएको गीताले बताइन् । दानबहादुरले गीताले सम्पती दाबी गर्ने कानुनी ठाउँ नराख्न यसो गरेको खुलेको छ ।
कानुनीरुपमा आफूलाई वञ्चित गर्न खोजिएपछि घरमा विवाद भएको जैसीले बताइन् । ‘छोराको जन्मदर्ता प्रमाणपत्र जेठी श्रीमतीका नाममा राखेपछि विवाद बढ्दै गएको हो’, उनले भनिन्, ‘मलाई सबै ठाउँबाट बन्चित गर्न खोजियो ।’ अहिले जैसीले न्याय खोज्दै जिल्ला अदालत कालिकोटमा मुद्दा दायर गरेकी छन् ।
Comments
अरु समाचार
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...











