एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु
एजेन्सी । विश्वभर लोकप्रियता कमाएको चर्चित एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु भएको छ ।
९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन् । एके–४७ हालसम्म विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन हो ।
तत्कालिन सोभियत संघले सन् १९५० देखि यो बन्दुकको व्यवसायीक उत्पादन थालेको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग शुरु भएको शीतयुद्धका क्रममा रुसले यो हतियार बनाएको थियो । सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा क्लास्निकोभ राइफलले निकै तहल्का मच्चाएको थियो ।
अमेरिकाले सोही युद्धलाई केन्द्रीत गर्दै एम–१६ राईफल बनाए पनि भियतनामका ओसिला जङ्गलहरुमा खिया लाग्ने र जाम पर्ने समस्या देखिएको थियो । तर हो ची मिन्ह नेतृत्वको भियतकङ्गले प्रयोगमा ल्याएको रुस निर्मित एके–४७ सो युद्धमा निकै प्रभावकारी सावित भएको थियो ।
हाल विश्वभर नै राष्ट्रिय सुरक्षा इकाईदेखि विद्रोहीसम्मको पहिलो रोजाईमा एके–४७ राईफल पर्ने गरेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












