अण्डा पार्ने कुखुराहरुको कल्याण अभियान अझै व्यापक हुनुपर्ने खाँचो
काठमाडौं । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त जारी अभियानको प्रभाव सकारात्मक तरिकाले अगाडि बढिरहेकोले यसको अझै व्यापकता हुनुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उपभोगका हिसाबले पिंजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुनेमा पनि जोड दिएका छन् ।
देशका अधिकांश ठाउँमा पिंजडाभित्र कखुुरापालन गरिंदै आएकाले पिंजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने अवस्था बिर्सिन नहुनेमा पनि सहभागीहरुको चासो रहेको थियो ।
नेपालमै पहिलोपटक अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा सार्वजनिक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपंक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा सचेत हुनुपर्ने बताए ।
‘मानिसले पशुपंक्षीको कल्याणमा समेत ध्यान दिनुपर्ने समय आइसकेको भन्दै उहाले यो विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।
एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर जिउने पशुपक्षीको जीवनको सुनिश्चितता ग्यारेण्टी गर्न सबैको सहयोग अपरिहार्य हुने बताए ।
पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियानले सार्थकता पाउने विश्वास दिलाउनुभयो । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान कार्यक्रमका संयोजक निर्मल शर्माले काठमाडौँ र चितवनमा पहिलो चरणमा प्रारम्भ गरिएको अभियानबाट अपेक्षाकृत सहयोग मिलेको आकडा प्रस्तुत गरे । मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर भएपनि स्वस्थकर वस्तुको उत्पादन तथा कल्याणमा विशेष जोड दिनुपर्नेमा सरोकारवालाहरुले चासो लिनुपर्ने उनले बताए ।
पिंजडामुक्त कुखुराबाट उत्पादित अण्डाको उपयोगप्रति प्रतिवद्धता जनाउनुभएका रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक हुनुपर्ने खाचो औल्याए । उनले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा रेष्टुरेण्ट व्यवसायी, उपभोक्तवादी,पत्रकार एवम् सरोकारवालाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












