ज्ञानेन्द्रले बने पीपीएलमा पहिलो सतक बनाउने खेलाडी
पोखरा । कप्तान ज्ञानेन्द्र मल्ललेआक्रमक शतक प्रहार गरेपछि काठमाडौं गोल्डन वारियर्सले पोखरा प्रिमियर लिग अन्तर्गत जित्नै पर्ने खेलमा धनगढी ब्लुजलाई एक सय ८६ रनको बिशाल लक्ष्य दिएको छ ।
यसअघि निकै कमजोर ब्याटिङ्ग प्रदर्शन गर्दै लगातार दुई खेल हारेको काठमाडौंका लागि ज्ञानेन्द्रले आफै जिम्मेवारी लिदै नेपाली क्रिकेटमा दुर्लभ नै देखिने इनिङ्गस खेलेका थिए । उनि क्रिजमा आएदेखि नै आक्रमक देखिएका थिए ।
उनको शतकको मद्दतमा काठमाडौंले धनगढी ब्लुजबिरुद्ध १७ ओभरमा छोट्याइएको खेलमा १ सय ८५ रन बनायो । नेपाली फ्राञ्चाइज क्रिकेटमा ज्ञानेन्द्र शतक प्रहार गर्ने दोश्रो नेपाली खेलाडी बनेका छन् भने समग्रमा तेश्रो । यसअघि आसिफ शेखले सन् २०१६ मा भएको एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजका लागि ज्ञानेन्द्रकै कलर्स एक्स फ्याक्टरबि?द्ध फाइनलमै शतक प्रहार गरेका थिए ।
अर्को शतक गत बर्षको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडिएटर्सका भारतीय खेलाडी रवि इन्दर सिँहले पोखरा राइनोजबि?द्ध प्रहार गरेका थिए । ३७ बलमा शतक पुरा गरेका ज्ञानेन्द्रले ९ बिशाल छक्का र ८ चौका प्रहार गरेका थिए । उनले तेश्रो विकेटका लागि जयकिसन कोल्सावालासँग १ सय ३१ रनको शान्दार साझेदारी गरेका थिए । ज्ञानेन्द्रको शतकपछि प्रतियोगितामा पहिलो पटक खेलेका अमित श्रेष्ठ र कोल्सावालाको इनिङ्गस पनि छायामा परेको थियो ।
उनले दोश्रो ५० रन १३ बलमै पुरा गरेका थिए । शतक पुरा गरेसँगै ज्ञानेन्द्रले हातले इशारा गर्दै आफ्नो छोरीप्रति समर्पित गरेका थिए । आकर्षक शटह? प्रहार गरेका २१ बलमै ३४ रनको योगदान गरेका थिए । यस्तै कोल्सावालाले ३७ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए ।
धनगढीका लागि कमल सिँह ऐरिले सर्वाधिक चार विकेट लिएका थिए । अन्तिम ओभरमा उनले ज्ञानेन्द्र र सुबोध भाटीको विकेट लिएका थिए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












