नक्कली नोटको करोबार गर्ने मुख्य अभियुक्त पक्राउ
भक्तपुर । भक्तपुर जिल्ला म.ठि.मा. वडा नं-१ स्थित रहेको आइतबार राति ९ः४५ मा परिधि गिफ्ट सपबाट नक्कली नोटको करोबार गर्ने मुख्य अभियुक्त प्रहरीले पक्राउ गरेको छ ।
बंगलादेश फरिदपुर घर भई लोकन्थली बस्दै आएका वर्ष २६ को सुमन खानले खरीद गरि नक्कली नोट रू.२००० दिई फरार भएको जानकारी रहेको छ ।
सुचनाको आधारमा कार्यालयबाट प्र.रि.राजिव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गई बुझ्दा निज फरार अभियुक्त सुमन खान लोकन्थलीको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र निजको कोठामा खानतलासी गर्दा रू.१००० को नक्कली नोट जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको जनाएको छ । खानसंगै कोठामा बस्ने बाँकी ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुद्रा सम्बन्धी कसुरमा म्याद थपी अनुसन्धान भईरहेको नक्कली नोट दिई फरार रहेका मुख्य अभियुक्त सुमन खानलाई आइतबार राति ९ः१५ बजेको समयमा काठमाडौं पेप्सीकोला टाउनपालिङमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रमा लिई अनुसन्धान भईरहेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












