ताजा समाचार

चक्रपथ विस्तार गर्न सरकारले दियो चिनियाँ कम्पनीलाई स्विकृति

नेपालबाट इजिप्टका चार नागरिक निष्काशित

काठमाडाैं । सरकारले चक्रपथ विस्तारका लागि चिनियाँ कम्पनिलाई स्विकृति दिएको छ ।

चक्रपथको दोश्रो चरणको सडक विस्तार परियोजना कलंकी-महाराजगञ्ज-धोबिखोला खण्डको सडक विस्तार गर्न मन्त्रिपरिषद्ले चिनियाँ कम्पनलाई स्विकृति दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनाए ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘चीन सरकारको सहयोगमा संचालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ।’

त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४० अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org