हिउँदे वर्षा लम्बिने, भूमध्य सागरमा बनेको न्यूनचापीय प्रणाली नेपाल भित्रिँदै
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ ।
छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो। नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ। हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ।
अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताएको खबर गाेरखापत्र दैनिकले लेखेकाे छ।
पौडेलले भने, “दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ। औसतमा गएको वर्षभन्दा यसपटकको वर्षाको दर पनि बढेको छ।” वर्षासँगै हिमपात पनि गएको वर्षभन्दा बढी भएको महाशाखाले विश्लेषण गरेको छ। तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो। जसका कारण मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएको मौसमविद् पौडेलले जानकारी दिए । बुधबार र बिहीबार पानी पर्ने क्रम उस्तै रहन्छ, शुक्रबारदेखि भने मौसम केही खुल्नेछ।
उनका अनुसार देशको पश्चिमदेखि पूर्वसम्मका सबै आकाश बादलले ढाकेको छ। उच्च हिमाली र पहाडी भेगमा हिमपात सुरु भएको छ भने मध्य तथा तल्लो भेगमा वर्षा सुरु भएको छ। सुदूरपश्चिममा बिहीबार साँझ नै मौसम सुधार हुने सङ्केत रहे पनि अन्यत्र भने शुक्रबारबाट मात्र सुधार हुने उनले बताए।
फेरि अर्को वर्षा भित्रिँदै
तेस्रो चरणको हिउँदे वर्षा नसकिँदै नेपालमा चौथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको छ।
नेपालको सिमानातिर लम्कँदै गरेको त्यो न्यूनचापीय प्रणालीले फेरि सोमबारदेखि वर्षाको सङ्केत गरिरहेको मौसमविद् पौडेलले बताए । उनले थपे, “एकदम चाँडो चाँडो आइरहेको छ, शनिबार र आइतबार केही राहत महसुस गरिए पनि सोमबारदेखि फेरि बदलीको अवस्था आउँदै छ।”
भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यूनचापीय प्रणाली कृष्ण सागर, क्यास्पियन सागरको आकाश हुँदै अफगानिस्तान, पाकिस्तान, जम्मुकाश्मीरको बाटो समातेर नेपालको पश्चिमी भूभागबाट वर्षा गराउन आइपुगेको हो। यस प्रणालीको आकार ठूलो भएमा तल तल उड्दै आउने गर्छ । सानो प्रणाली हँुदा भने उपल्लो क्षेत्रबाट नेपाल भित्रने गर्छ ।
अहिले कायम रहेको र आउने प्रणालीलाई बल दिन भारतको गुजरात र राजस्थानमा बनिरहेको दक्षिणी मौसमी प्रणालीले सघाइरहेको छ। जसले गर्दा हिउँदे वर्षाको समय र औसत दर वृद्धि गर्न मद्दत गरिरहेको महाशाखाले बताएको छ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












