अबको मुख्यसचिव को ?
काठमाडाैं । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल सकिन लाग्दै गर्दा संभावित पात्रबारे चर्चा हुन थालेको छ ।
रेग्मी अनिवार्य अवकास हुने मिति नजिकिएसँगै मुख्यसचिव बन्ने पात्रको चर्चा सुरु भएको हो ।
सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली प्रेम राईलाई मुख्यसचिव बनाउने मनस्थितिमा थिए । यही मनस्थितिका कारण उनले लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गर्न चाहेका थिए । तर उमेरका कारण राई तीन वर्ष पूरै मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका छन् । यद्यपि, राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने सम्भावना छ ।
राई पछाडिको दोस्रो वरीयताका वरिष्ठ सचिवमा केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा, महेश दाहाल र शंकर बैरागी छन् । राईसहितका चारजनाले अवकास पाएपछि मुख्यसचिव रेग्मीलाई बीचैमा कुनै आकर्षक पदमा नियुक्त गरेर पद खाली गराइएमा अधिकारी, सापकोटा र बैरागीमध्ये एक मुख्यसचिव हुनेछन् ।
तर, रेग्मीलाई तीनवर्षे कार्यकाल पूरा नहुँदै बिदा गरिएन भने यी चार जनाको पनि मुख्यसचिव हुने ढोका बन्द हुनेछ । रेग्मी तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकास हुँदा सचिव चन्द्रकुमार घिमिरे सबैभन्दा वरिष्ठका नाताले निजामती प्रशासनको नेतृत्वको स्वभाविक दाबेदार हुने जनाइएको छ । उनी ०७२ माघमा सचिव बढुवा भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
Comments
अरु समाचार
-
भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
सपनामाथि मनोजको प्रतिशोध बारले रोकेपछि….
काठमाडाैं । न्याय परिषद्को सदस्यबाट समेत प्रतिशोध साँध्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चालेको कदममा ब्रेक लागेको छ। न्याय परिषद्मा प्रधानन्यायाधीश,...
-
सर्वोच्च अदालतमा ‘गोलाप्रथा’ हटाउन खोजिएको भन्दै बारको शंका
काठमाडाैं । सर्वोच्च अदालतमा मुद्दा बाँडफाँट गर्ने वर्तमान ‘गोलाप्रथा’ प्रणाली हटाउने तयारीबारे सूचना पाएपछि नेपाल बार एसोसिएसनले शंका व्यक्त गरेको...












