प्रदेश २ का मुख्यमन्त्रीले उपमेयरलाई ए..ए..चुप भनेपछि…
काठमाडाैं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन्।
प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन्।
बर्दिबासमा आयोजना गरेको बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखले आआफ्ना समस्या राखिरहेका थिए। मुख्यमन्त्रीले उनीहरुको समस्या सुनिरहेका थिए।
उपमेयर प्रधानले आफ्नो नगरपालिकाको समस्या राख्न पालो कुर्दै थिइन्। मेयरले बोलिरहेका थिए। धेरै समय कुर्दा पनि उनले बोल्न माइक पाइनन्। त्यसपछि उनले हलबाट भनिन्,‘यता माइक दिनुस्।’ मुख्यमन्त्रीले मञ्चबाट भने, ‘पर्खिनुस्।’
उपप्रमुख प्रधानले माइक मागिरहिन्। त्यसै क्रममा मुख्यमन्त्रीले भने, ‘ए..ए.. चुप !’ त्यसपछि उनी कुर्सीमा बसिन्। उनले माइक पाइनन्।
केही समयपछि प्रधानको हातमा माइक पुग्यो। ‘तपाईं मलाई सम्मान गर्नुस् वा नगर्नुस्, म तपाईंलार्ई सम्मान गर्छु। हजुर हाम्रो मुख्यमन्त्रीज्यू हुनुहुन्छ,’ उपप्रमुख प्रधानले मुख्यमन्त्रीलाई भनिन्, ‘पुरुषलाई हामी ९ महिना कोखमा राखेर जन्मदिन्छौं। हुर्काउँछौं। तपाईहरुको जन्म र संरक्षण हामी महिलाले गर्छौँ तर तपाईंहरु हामीलाई सधैं अपमान गर्नुहुन्छ?’ उनले उनले आक्र्रोश पोखिन्।
प्रदेश २ मा बढेको भ्रष्टाचारप्रति मुख्यमन्त्रीलाई झटारो हान्दै उनले थपिन्, ‘कानुन थाहा छैन भनेर हामी सबैले लुटिराखेका छौं। हामी सबै लुटेरा हौँ।’
प्रधानले पाँच मिनेट बोल्दा बढी समय मुख्यमन्त्रीले आफूमाथि गरेको अपमानविरुद्ध नै उनले आक्रोश व्यक्त गरिन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजकरण महतोले लेखेका छन्।
उनको आक्रोश सुनेपछि मुख्यमन्त्री संम्यम भएर प्रस्तुत भए। ‘धन्यवाद उपमेयरज्यू’, मुख्यमन्त्री राउतले भने, ‘ईश्वरले तपाईंलाई तागत दिउन्, मेयरसँग लडेर अधिकार लिनुस्।’
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












