प्रधानमन्त्री ओलीलाई कोरोना भाइरसकाे जोखिम, बालुवाटारमा गरियाे यस्तो कडाइ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षा बढाइएको छ ।
निमोनिया गराउने नोवल कोरोना भाइरसको प्रकोप विश्वव्यापी फैलिन थालेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सतर्कता अपनाइएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि पनि मौसमी रुघाखोकीका बेला ओलीको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउने गरिएको थियो। ‘नयाँ भाइरसको विस्तार हेरेर अहिले हाम्रा प्रधानमन्त्री मात्र नभई भारत, अमेरिका, चीनलगायत राष्ट्र र सरकार प्रमुखको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सले भने, ‘हाम्रा प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले थप स्वास्थ्य सुरक्षा चाहिन्छ ।’
१३ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री ओलीलाई रुघाखोकीलगायत विभन्नि खाले मौसमी संक्रमणबाट बचाउन चिकित्सकले सतर्कता अपनाउने गरेका छन् ।
मिर्गाैलामा पुनः समस्या देखिएपछि प्रधानमन्त्री ओली करिब ७ महिनादेखि उपचारमा छन् ।
प्रधानमन्त्री सम्भावित संक्रमणबाट जोगाउन रुघाखोकी र ज्वरो आएका व्यक्तिलाई बालुवाटार निवास वा निकट सम्पर्कमा बस्न दिइँदैन । यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् ।
‘रुघाखोकीलगायत लक्षण भएका सुरक्षाकर्मी त के कोही पनि प्रधानमन्त्री ओली नजिक बस्न पाउँदैनन्,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन्, ‘त्यस्तो बेला म पनि प्रधानमन्त्रीको नजिक जान्नँ ।’
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











