कसले भित्र्यायो नेपालमा कोरोना भाइरस ?
काठमाडाैं । नेपालको छिमेकी मुलुक चीनमा यतिबेला कोरोना भाइरसले दुःख दिएको छ। गरिबी निवारण गर्ने फाइनल वर्षको सुरुमै कोरोनोले अर्बाैं नोक्सान पुर्याइसकेकाे विभिन्न सञ्चारमाध्यमले बताइरहेका छन्।
चीनमा गत डिसेम्बरदेखि यो भाइरस देखिएको हो। हुबेई प्रान्तको सदरमुकाम उहानबाट सुरु भएको कोरोना भाइरस तिब्बतबाहेक सबै प्रान्तमा फैलिइसकेको छ।
चीनलाई हावाकावा बनाइरहेको कोरोना भाइरस नेपालमा ल्याउने व्यक्तिलाई जनआस्थाले पहिचान गरेको छ भनेर आज माघ १५ को जनआस्थाले खबर छापेको छ।
उहान प्राविधिक विश्वविद्यालयअन्तर्गत कम्प्युटर साइन्समा पीएचडी गरिरहेका जनकपुरका लक्ष्मण कुमार (नाम परिवर्तन) जनवरीको दोस्रो साता नेपाल आए। उनलाई त्रिभुवन विमानस्थलमा क्वारेन्टाइन परीक्षण गर्दा ज्वरो देखियो।
तुरुन्तै टेकु अस्पताल लगियो। उनमा देखिएको लक्षण सबै कोरोना भाइरससँग मिल्दोजुल्दो थियो। नेपालमा कुनै ल्याब नभएकाले रगत परीक्षण गर्न हङकङ पठाइयो। हङकङबाट नतिजा नआउँदै उनी डिस्चार्ज भइसकेका थिए।
हङकङबाट आएको रिपोर्टमा लक्ष्मण कुमारको रगतमा कोरोना भाइरस देखिएपछि टेकुमा हल्लाखल्ला भयो। उनी कहाँ छन् भनेर सोधखोज गर्दा घरमा रहेको पत्ता लाग्यो। टेकुले अहिले उनी चिकित्सकको निगरानीमा छन् भने पनि उनी फुक्काफाल हिँडिरहेका छन्।
उनलाई कुनै प्रकारको चिकित्सकीय निगरानी छैन। उनी उहानबाट काठमाडौंसम्म आउँदा विमान र विमानस्थलमा पक्कै पनि अरू व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण भएको हुन सक्छ। टेकु अस्पतालमा रहँदा पनि उनलाई विशेष कक्षमा उपचार गर्नुपर्नेमा सामान्य बिरामीलाई जस्तै गरिएको अस्पताल सूत्रले बताएको छ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











