१४४ प्रहरी अधिकृतको वृत्ति-विकास अन्योलमा, पछाडि धकेलिँदै बढुवा
काठमाडाैं । नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।
नेपाल प्रहरीमा प्रहरी नायब महानिरक्षक (डिआइजी)देखि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सम्म ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्न नसकेका कारण प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो।
बढुवा समितिको बैठकमा गृहसचिव अनिवार्य हुन्छ। तर तत्कालीन सचिव प्रेमकुमार राई अवकाश हुनुअघि विदेश भ्रमणमा गएकाले बढुवा समितिको बैठक बस्न सकेको थिएन।
उनले शुक्रबार राजीनामा दिएपछि अहिले गृह मन्त्रालयले नयाँ सचिव पाए पनि अझै बढुवा समितिको बैठक बस्न अझै एक हप्ता लाग्ने सम्भावना छ, आजको नागरिकमा खबर छापिएको छ।
समितिको बैठक नबस्दा प्रहरी प्रधान कार्यालयले पनि बढुवा हुने प्रहरी अधिकारीको फाइल मन्त्रालयमा पठाएको छैन। केही दिन गृहसचिव विदेश भ्रमण रहेको र त्यसपछि मन्त्रालयकै काममाव्यस्त भएकाले सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
‘बढुवाबारे प्रहरी प्रधान कार्यालयले सिफारिस गर्न बढुवा समितिमा लैजान खोजिरहेको छ तर समितिकै बैठक बस्न निश्चित नभएकाले प्रस्ताव लान सकिएको छैन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘अब आइजिपीलगायत २१ जना उच्च प्रहरी अधिकारी अनिवार्य अवकाशमा जाने भएकाले पनि अन्य तहको बढुवा प्रक्रिया तत्कालै अघि नबढ्ने सम्भावना रहेको छ।’
उनीहरूले अवाकाश पाएपछि सरकार आइजिपी नियुक्त गर्न लाग्ने भएकाले पनि अन्य अधिकृतको बढुवा पछि धकेलिने भएको हो।
आइजिपी, एआइजी र डिआइजीसहित उच्च प्रहरी अधिकारीले एकैसाथ अवकाश पाउँदैछन्। हाल नेपाल प्रहरीमा डिआइजीसहित रिक्त भएको तीन हप्ता भएको छ भने ८ एसएसपीसहित अन्य ३४ जना एसपीको पद रिक्त रहेका छन्।
डिआइजीका लागि एसएसपी ईश्वरबाबु कार्की, प्रकाश कार्की, अघिल्लो व्याचबाट र पछिल्लो व्याचबाट धिरजप्रतापसिंह, उत्तम सुवेदी, दिवेश लोहनी, रवीन्द्र धानुक, सहकुल थापा, वसन्त लामा, वसन्त पन्तलगायतका प्रतिस्पर्धामा छन्। उनीहरूको व्याजबाट विश्वराज पोखरेल डिआइजी भैसकेका छन्।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











