सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने
बैतडी । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन् । नेपाल सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तयारी गरेको हो ।
बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी, बझाङको बित्थडचीर गाउँपालिकास्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायलस्थित छतिवन स्वास्थ्यचौकी र बाजुराको बूढीगङ्गा नगरपालिकास्थित बह्मतोला स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका यी स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरको व्यवस्थाको रूपमा विकास गर्ने भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा परेकाहरुलाई तत्काल स्वास्थ्य सेवा दिन र उनीहरुलाई सुरक्षितरूपमा अस्पतालमा पु¥याउने काममा सहयोग गर्न ट्रमा कर्नरले भूमिका निर्वाह गर्नेछ । उनले भने, “ट्रमा कर्नरको स्थापनाले दुर्घटनाका कारण ज्यान जानेको सङ्ख्यामा कमी आउनेछ ।”
सरकारले सुदूरपश्चिमका चारसहित देशका ५४ ठाउँमा ट्रमा कर्नर स्थापनाको तयारी भएको हो । प्रत्येक ठाउँमा ट्रमा कर्नर स्थापनाका लागि सम्बन्धित स्थानीय तहमा रु एक लाख ७० हजारका दरले बजेट विनियोजन गरिएको छ । राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको ट्रमा कर्नरमा चोटपटक लागेका नेपालका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











