आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ। सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन्। नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ।
जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ। नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन्। अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन्। उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन्। घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ। अमेरिकासितको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ। त्यसैले अमेरिकासितको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ।
त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासितको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ। नेपाल अमेरिकामाथि हावी छ। यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। नेपालको ओपनिङ खासै जम्न सकेको छैन। ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए। दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो। यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो।
ओमानसितको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन्। उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन्। सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन्। उनले अमेरिकासितको पहिलो खेलमा तीन रन बनाएका थिए। ओमानसितको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए। सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ। उनले अमेरिकासितको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले।
अमेरिकासितको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ। ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ। नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन्। यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन्। त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ। यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछ।
दीपेन्द्र ओमानसितको पहिलो खेलमा मात्र चल्न सके। बाँकी दुई खेलमा उनी बिनारन पभेलियन फर्केका थिए। पारसले अमेरिकासितको पहिलो खेलमा १९ तथा ओमानसितको दोस्रो खेलमा ३८ रन बनाए। आरिफले ओमानसितको दोस्रो खेलमा मात्र २८ रन बनाउन सकेका थिए। अन्य खेलमा उनको ब्याटिङ राम्रो रहेन। नेपाली टोलीको ब्याटिङभन्दा पनि बलिङ नै राम्रो देखिन्छ। ओमानसितको दोस्रो खेलमा बलरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाल उक्त खेलमा आठ विकेटले पराजित हुन पुग्यो।
नेपालका लागि सन्दीप लामिछाने, करन केसी र सुशन भारी नै जितका मुख्य आधार हुन्। करनले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन्। यस्तै सुशन भारीले सात विकेट तथा सन्दीपले दुई विकेट मात्र लिएका छन्। कुशल मल्ल पनि किफायती बलरका रूपमा देखिएका छन्। उनको ब्याटिङसँगै बलिङ पनि राम्रो छ।
जारी सिरिजमा तीनवटै खेल हारिसकेको अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ। अमेरिकाको ओपनिङ अहिलेसम्म खासै जम्न सकेको छैन। ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए। सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाए। नेपालसितको पहिलो खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन्। उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए। आरोनले पाँच रन हानेका थिए। मार्शलले ओमानसितको दोस्रो खेलमा २३ रन बनाए भने आरोनले अविजित ४७ रनको योगदान दिए।
अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन्। उनले ओमानसितको पहिलो खेलमा ६५ रन, नेपालसितको पहिलो खेलमा ७५ रन तथा ओमानसितको दोस्रो खेलमा २८ रन बनाएका थिए। यस्तै निसर्ग पटेलले ओमानसितको दोस्रो खेलमा ५२ रन बनाए। यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन्।
यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ। हालसम्म खेलेका तीन खेलमा सौरभले छ विकेट लिएका छन् । थेरनले चार तथा केमरुनले तीन विकेट लिएका छन्। अन्यले एक–एक विकेट मात्र लिएका छन्। केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए। सौरभ र थेरनले ओमानसितको दोस्रो खेलमा तीन–तीन विकेट लिएका छन्।
समग्रमा नेपाल र अमेरिकाले अन्तिम खेलमा जित हासिल गर्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा नै ध्यान दिनुपर्नेछ । अमेरिकाले ओमानसितको दुवै खेल हारेपछि लिग दुईको शीर्षस्थान गुमाइसकेको छ। अमेरिका हालसम्म खेलेका ११ खेलमध्ये छ मा जित तथा पाँचमा हारसहित १२ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ। नेपालले हालसम्म खेलेको तीन खेलमध्ये दुईमा हार तथा एकमा जित निकालेको छ। नेपालले दुई अङ्क बटुलेको छ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...











