उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान
दार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् ।
आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।
दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल दारचुला पुगेका थिए ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












