काठमाडौँ उपत्यकामा प्रहरी समायोजन: देखियो यस्तो जटिलता
काठमाडाैं । कानुन बनाउँदा विस्तृत छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको छ।
गृह मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाएसँगै दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। उपत्यका प्रहरीलाई केन्द्र कि प्रदेशमातहत राख्ने भन्ने जटिलतामध्ये एक हो।
संविधान तथा अन्य कानुनमा यससम्बन्धी प्रस्ट प्रावधान छैन । संविधानमा केन्द्रशासित भूगोलबारे उल्लेख गरिएको छ, तर हालको अवस्थामा उपत्यकाका तीन जिल्ला पनि प्रदेश सरकारअन्तर्गत नै पर्दछन्।
यस्तो अवस्थामा उपत्यकाका तीन जिल्लामा केन्द्रमातहत प्रहरी खटाउने कि प्रदेशमातहत भन्नेमा गृह मन्त्रालय नै अन्योलमा देखिएको हो।
‘केन्द्रमातहत राख्दा संविधान बाझिन सक्ने अवस्था छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रदेश सरकारमातहत राखे प्रदेश सरकारले केन्द्रीय सरकारलाई नै अप्ठेरो पार्न सक्ने अवस्था हुन्छ, त्यसकारण यसमा गहन छलफल भइरहेको छ।’
छिमेकी देश भारतको राजधानी नयाँदिल्लीको प्रहरी प्रशासन केन्द्र सरकारले सञ्चालन गर्छ । राजधानीको सुरक्षा बढी नै चुनौतीपूर्ण हुने र केन्द्रीय सरकारसँगै नियमित समन्वय आवश्यक हुने भएकाले नेपालमा पनि संघमातहत नै राख्नुपर्ने प्रहरी अधिकारीहरूको धारणा छ।
उपत्यकाका तीन जिल्लामा करिब १० हजार प्रहरी कार्यरत छन्।
हाल संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले प्रदेश र संघका लागि आवश्यक प्रहरी दरबन्दीको विवरण तयार पार्दै छ । ऐनअनुसार आगामी ७ चैतभित्र विवरण तयार भइसक्नुपर्नेछ।
ऐन लागू भएको एक महिनाभित्र दरबन्दीको विवरण टुंग्याउनुपर्ने बाध्यता छ । गत मंगलबार गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको पहिलो बैठक बसेको थियो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












