प्रधानमन्त्री ओलीसामू माधव नेपालको खुलासा: मलाई प्रधानमन्त्री बन्ने अफर आयो
काठमाडाैं । गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने भयो कमरेड,’ भनेपछि उनी फेरि बालुवाटार पुगे ।
प्रधानमन्त्री केपी ओलीले आग्रह गर्दै भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो-याउने भनेर वचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुप-यो ।’
तर, माधवले मानेनन् । उनले भने, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीन जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त । प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ भन्ने कुरा त हिजो हामीले फेस गरेरै आएको हो नि ! त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’
प्रमले भने, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए, कता–कताबाट, कस्ता कस्ता चलखेल भए । मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिनँ । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?,’ माधवले थपे ।
यतिभन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोरो-याए । ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ । यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नुभएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ,’ त्यसपछि माधवले ओलीलाई चेतावनी दिए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











