एकीकरण मार्ग पदयात्रा कार्यक्रम सेनाद्वारा स्थगित, सभा–सम्मेलनमा रोक
काठमाडाैं । अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणले यही फागुन २४ गते ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा आयोजना गर्न लागेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम स्थगन गरेको छ ।
नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम धुलिखेलदेखि पनौतीसम्म एक हजार ३०० व्यक्तिमार्फत पर्यटन वर्षको प्रचारप्रसार तथा ऐतिहासिक स्थानको अवलोकनसहितको पदयात्रा कोरोना भाइरसको सम्भावित जोखिमका कारण स्थगन गरिएको गणले जनाएको छ । जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ अर्थात् कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन, रोगबाट बच्न नागरिकलाई सुरक्षित रहन र भेला, सभा, सम्मलेन तथा गोष्ठी नगर्न आग्रह गरेको छ । साथै विवाह, व्रतबन्ध, सूर्यदर्शनजस्ता धार्मिक सांस्कृतिक कार्यक्रममा समेत कम सहभागी हुनसमेत अनुरोध गरिएको छ ।
बनेपा नगरमा आजदेखि चैत २ गतेसम्म आयोजित बृहत् घरेलु उद्योग महोत्सव स्थगन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको आकस्मिक बैठकले महोत्सव स्थगन गर्ने निर्णय गरेको हो । समितिले अर्को निर्णय नहुँदासम्म जिल्लामा ठूला जमघट हुने विद्यालय तथा कलेजका वार्षिकोत्सवलगायत कुनै पनि मेला, महोत्सवजस्ता भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले बताए ।
जिल्लामा रहेका अस्पताललाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । नजिकिँदो फागु पूर्णिमा (होली)मा समेत समूह बनाई लोला तथा रङ मिसिएको पानी प्रयोग नगर्न जिल्लावासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “हामीले जिल्लामा उच्च सतर्कता अपनाउने निर्णय गरेका छौँ ।”
यसैबीच धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ‘आइसोलेसन वार्ड’ सञ्चालनमा ल्याइने भएको छ । कोरोना भाइरस सङ्क्रमण देखिनसकिएको भए पनि दुवै अस्पतालमा पाँच÷पाँच श्ययाको वार्ड व्यवस्थित गरी पूर्वतयारी गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले बताए । उनका अनुसार कार्यालयमार्फत स्थानीय तहस्थित स्वास्थ्य संस्था तथा अन्य स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











