एकीकरण मार्ग पदयात्रा कार्यक्रम सेनाद्वारा स्थगित, सभा–सम्मेलनमा रोक
काठमाडाैं । अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणले यही फागुन २४ गते ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा आयोजना गर्न लागेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम स्थगन गरेको छ ।
नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम धुलिखेलदेखि पनौतीसम्म एक हजार ३०० व्यक्तिमार्फत पर्यटन वर्षको प्रचारप्रसार तथा ऐतिहासिक स्थानको अवलोकनसहितको पदयात्रा कोरोना भाइरसको सम्भावित जोखिमका कारण स्थगन गरिएको गणले जनाएको छ । जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ अर्थात् कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन, रोगबाट बच्न नागरिकलाई सुरक्षित रहन र भेला, सभा, सम्मलेन तथा गोष्ठी नगर्न आग्रह गरेको छ । साथै विवाह, व्रतबन्ध, सूर्यदर्शनजस्ता धार्मिक सांस्कृतिक कार्यक्रममा समेत कम सहभागी हुनसमेत अनुरोध गरिएको छ ।
बनेपा नगरमा आजदेखि चैत २ गतेसम्म आयोजित बृहत् घरेलु उद्योग महोत्सव स्थगन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको आकस्मिक बैठकले महोत्सव स्थगन गर्ने निर्णय गरेको हो । समितिले अर्को निर्णय नहुँदासम्म जिल्लामा ठूला जमघट हुने विद्यालय तथा कलेजका वार्षिकोत्सवलगायत कुनै पनि मेला, महोत्सवजस्ता भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले बताए ।
जिल्लामा रहेका अस्पताललाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । नजिकिँदो फागु पूर्णिमा (होली)मा समेत समूह बनाई लोला तथा रङ मिसिएको पानी प्रयोग नगर्न जिल्लावासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “हामीले जिल्लामा उच्च सतर्कता अपनाउने निर्णय गरेका छौँ ।”
यसैबीच धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ‘आइसोलेसन वार्ड’ सञ्चालनमा ल्याइने भएको छ । कोरोना भाइरस सङ्क्रमण देखिनसकिएको भए पनि दुवै अस्पतालमा पाँच÷पाँच श्ययाको वार्ड व्यवस्थित गरी पूर्वतयारी गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले बताए । उनका अनुसार कार्यालयमार्फत स्थानीय तहस्थित स्वास्थ्य संस्था तथा अन्य स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











