कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह
निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक यस फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील भएको उल्लेख ती संस्थाले जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत समावेश गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर प्रयत्नमा जुट्नु सबैको कर्तव्य भएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन)ले सार्वजनिक आह्वान गरेका हुन् ।
सदस्य विद्यालयलाई यस सङ्क्रमणप्रति सजग र सचेत रही आफ्ना विद्यालयका कार्यक्रमसमेत अत्यन्तै सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै अभिवादन गर्दा हात नमिलाऔँ र नमस्कार आदान–प्रदान गर्ने गरौँ भनी आह्वान पनि गरिएको छ ।
बालबालिकालाई मास्क लगाउने, हातमुख धुने, व्यक्तिगत तथा संस्थागत सरसफाइमा उचित प्रबन्ध मिलाउने कार्य गर्न÷गराउनु हुन साथै यो सङ्क्रमण चिसो वा पानीसँग बढी सम्बन्ध राखी फैलने भन्ने चिकित्सकको सुझावलाई ध्यान दिन सुझाव दिइएको छ । यसैगरी अनावश्यक भीडभाडमा सामेल नहुन, घर परिसरको फोहरलाई यथाशक्य व्यवस्थापन गर्न, मासुजन्य खाद्य पदार्थ प्रयोगमा विशेष सावधानी अपनाउन, बजारमा प्राप्त हुने विभिन्न प्रकारका प्याकमा पाइने चिसो पेय पदार्थ प्रयोग नगर्न, विद्यालयका शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्न÷गराउन पनि आह्वान गरिएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











