कोरोना संक्रमणले यस्ता व्यक्तिको हुन्छ बढी मृत्यु
काठमाडौं । युरोप क्षेत्रमा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले कोरोनाको जोखिम न्यूनीकरणको उपाय अपनाएको छ। उसको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ७० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी छ।
महिलाका तुलनामा पुरुष बढी छन्। पुरुषमा मृत्युदर २.८ र महिलामा १.७ प्रतिशत छ । यसअनुसार यो उमेर समूहका सङ्क्रमितको मृत्युदर ८ प्रतिशत छ।
६०–६९ वर्षका ३.६ प्रतिशत, ५०-५९ वर्षका १.३० प्रतिशत, ४०-४९ वर्षका ०.४० प्रतिशत, १०-३९ वर्षका ०.२० प्रतिशत र १-९ वर्षका शून्य प्रतिशत मृत्युदर छ।
कोरोना भाइरस सङ्क्रमण भएका एक हजारमध्ये पाँचदेखि ४० को ज्यान जाने गरेको अनुसन्धानकर्ता बताउँछन्। यो खबर आजको गोरखापत्रमा चाँदनी हमालले लेखेकी छन्।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ । विभिन्न देशमा सङ्क्रमण पत्ता लगाउने, गणना गर्ने कुरामा एकरूपता नहुँदा मृत्युदर फरक देखिएको ब्रिटेनस्थित इम्पिरिकल कलेजको अनुसन्धानले देखाएको छ।
चीनमै ४४ हजारभन्दा बढी सङ्क्रमणको विश्लेषणले वृद्ध मानिसको मृत्युदर १० गुणा बढी रहेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठन र चीनद्वारा संयुक्त रूपमा गरिएको अध्ययन प्रतिवेदनअनुसार एक ५० वर्षीय पुरुषको मृत्युपछि उसको मुटु, कलेजो र फोक्सो थप परीक्षण गरिएको थियो।
यी सबै अङ्ग कोरोनाको सङ्क्रमणले काम गर्न नसक्ने बनाएको थियो। फोक्सोमा निमोनिया र त्यहाँका सेल क्षतविक्षत भएको पाइएको थियो।
मुटु, मधुमेह, क्यान्सर तथा अन्य क्रोनिक रोग लागेका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्ययनले देखाएको छ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











