एउटाले मात्रै काम गर्छ, तर प्रधानमन्त्री ओलीको शरीरमा किन राखिएका छन् बाँकी तीन मिर्गौला?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।
शिक्षण अस्पतालका चिकित्सक प्रा.डा.प्रेम ज्ञवाली र प्रा.डा.उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो।
मिर्गौला प्रत्यारोपणमा संलग्न प्रा.डा.ज्ञवालीसँग नयाँ पत्रिकाले गरेको संवादको सार संक्षेपः
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ, उहाँको स्वास्थ्य अवस्था अहिले कस्तो छ?
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि सात सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ। यसको अर्थ अहिलेसम्म प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ। त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो।
उहाँको शल्यक्रिया कस्तो रह्यो, औसतभन्दा जटिल वा सजिलो?
सबैको जस्तै हो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो।
अप्रेसन थिएटरमा छिर्नुअघि प्रधानमन्त्रीले के भन्नुभयो?
सबै स्वास्थ्यजाँच गरेपछि हामीले ‘केही भन्नु छ अथवा केही आदेश छ प्रधानमन्त्रीज्यू’ भनेर सोधेका थियौँ । उहाँले ‘मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ’ मात्रै भन्नुभयो।
प्रधानमन्त्री होसमा त आउनुभयो, बोल्न सक्नुहुन्छ?
होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ।
दोस्रो प्रत्यारोपण भएकाले मान्छेहरू अलिकति सशंकित पनि थिए, पहिलो र दोस्रोमा खास केही फरक पर्छ कि पर्दैन?
दोस्रो प्रत्यारोपण गर्दा केही समस्या त हुन्छ नै । उहाँको शरीरले पहिलो मिर्गौलालाई अस्वीकार गर्यो, दोस्रोलाई के गर्छ भन्ने त हुन्छ नै ।
शरीरले दोस्रोपटक प्रत्यारोपण गरेको मिर्गौलालाई पनि अस्वीकार गर्ने हो कि, विगतमा पनि वेला–वेला संक्रमण हुँदै आएको थियो, फेरि दोहोरिन्छ कि भन्ने डर रहन्छ । तर, अहिलेसम्म सबै ठीक छ । मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । अरू मुटु र फोक्सो राम्रो अवस्थामा छन् । शरीरमा कुनै समस्या छैन।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने दाताको स्वास्थ्य अवस्था कस्तो छ?
दाताको स्वास्थ्य ठीक छ । उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्यौँ।
यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौँ । पहिला हामीले ठूलै घाउ बनाएर गर्थ्यौं। अहिले हामीले नयाँ सीप पनि सिक्यौँ र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौंँ । उहाँलाई अहिले राम्रो छ।
उहाँको कुन मिर्गौला झिकिएको छ? मिर्गौला छनोट गर्ने पनि विधि हुन्छ होला नि?
हामीले समीक्षा संग्रौला अर्थात् दाताको बायाँतर्फको मिर्गौला झिकेका छौँ । दाताको प्रायः बायाँ मिर्गौला नै झिक्ने गरिन्छ । किनकि, मुटुबाट अक्सिजनयुक्त रगत मिर्गौलामा लैजाने मुख्य नसा (रेनल आर्टरी) तथा मिर्गौलाले छानेको रगत फोक्सोमा लैजाने नसा (रेनल भेन)को लम्बाइ बायाँतर्फको मिर्गौलाको लामो हुन्छ।
प्रधानमन्त्रीको शरीरमा अब कतिवटा मिर्गौला छन्?
अहिले चारवटा छन् । दुईवटा उहाँका आफ्नै हुन् । तेस्रो १२ वर्षअघि प्रत्यारोपण गरिएको हो । चौथो आज प्रत्यारोपण गरियो ।
प्रत्यारोपण गर्दा पहिलो मिर्गौला सामान्यतया दायाँँपट्टि राखिन्छ । अहिलेको बायाँपट्टि राखिएको छ । अब काम नयाँले मात्रै गर्छ । पुरानाले काम गर्दैनन्। त्यसको मतलब पनि हुँदैन।
अर्को कुरा शरीरमा जतिवटा मिर्गौला राखे पनि कुनै असर गर्दैन । त्यसैले झिकेर फालिँदैन । तर, कुनै पनि वेला भित्र भएको अतिरिक्त मिर्गौलाले समस्या बनायो भने झिकेर फालिन्छ । समस्या पारेको छैन, त्यसले काम मात्रै नगरेको हो भने भित्रै रहन्छ।
तपाईंले अहिलेसम्म कतिजनाको मिर्गौला प्रत्यारोपण गर्नुभएको छ?
हामीले शिक्षण अस्पतालमा अहिलेसम्म करिब सात सयजनाको मिर्गौला प्रत्यारोपण गरेका छौँ । तीमध्ये करिब पाँच सयमा म सहभागी छु।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












