स्वास्थ्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण, सरकार कसका लागि ? : डिला संग्रौला
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाले कोभिड–१९ को शंका देखिएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिने भन्ने अभिव्यक्तिप्रति कांग्रेस सांसद डा.डिला संग्रौलाले कडा प्रतिक्रिया जनाएकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा.संग्रौलाले सो प्रतिक्रिया जनाएकी हुन् ।
डा.संग्रौलाले भनिन् , ‘क्वारेन्टाइनमा जनता आफैं बस्नुपर्ने, आइसोलेसनमा आफैं बस्नुपर्ने भनेर सरकारले राख्न सक्दैन भनेर स्वास्थ्यमन्त्रीलाई गैर–जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन।’
कोभिड–१९ को त्रासले औषधि, ग्यास, मास्क, सेनीटाइजरको अभाव भएको बताउँदै डा.संग्रौलाले कोभिड–१९ विरुद्ध कसरी लड्ने ? त्यसतर्फ सरकारले जनतालाई आश्वास्थ पार्नुपर्ने बताइन् ।
उनले सिंहदरबारको कुर्सीमा बसेर राप र तापमा रमाउनेहरूले जनतालाईविकास र समृद्धि दिन नसकेको पनि बताइन् । भ्रष्टाचार गर्नेहरूलाई सरकारले कारवाही गर्न नसक्नु मुलुकको विडम्बना भएको डा.संग्रौलाको भनाइ छ ।
त्यसैगरी डा.संग्रौलाले पूर्वाधार विकासको नाममा सरकारले कर बढाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । कर बढाउँदा जनता मारमा परेको बताउँदै डा.संग्रौलाले धनीको लागि पोषण, शोषण भएको बताइन् ।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
कीर्तिपुरमा युवकको हत्या
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज (बुधबार) एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी...












