अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ ।
सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्ने छ । संस्थानका डीन प्राडा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार काठमाडौमा सेवा आदान प्रदान गर्ने सम्बन्धी संम्झौतामा हस्ताक्षर गरे ।
सम्झौतासँगै अब मुग्लिन हाइवे अस्पतालमा सूचना प्रविधिको मार्फत त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा तथा सुविधा उपलब्ध हुने अस्पतालका अध्यक्ष लामाले जानकारी दिए ।
यसका साथै नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उनले बताए ।
“पहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ”, अध्यक्ष लामा भने ।
दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएको छ । सो अवसरमा त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थानका सहायक डीन प्राडा राजेन्द्र गुरागाई, त्रिवि, टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गा, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ,चिकित्साशास्त्र अध्यन संस्थान सूचना प्रविधि विभागका निर्देशक प्राडा प्रदीप वैद्य, मेडिडिन डिपार्टमेन्टका प्रमुख प्रा डा प्रदीप श्रेष्ठको उपस्थिति रहेको थियो ।
यसैगरी मुग्लिङ हाइवे अस्पताल सञ्चालक कुमार श्रेष्ठ, मुक्ति कुमार श्रेष्ठ, मणिरत्न शाक्य, विष्णु कुँवर, कल्याण गुभाजू, विनोद श्रेष्ठ, राजेन्द्र लामा, सुदीप पाठक, सल्लाहकार कृष्णराज अर्यालको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











