कोरोनाले युरोपेली राष्ट्र इटली, स्पेन र फ्रान्समा एकैदिन ५०१ जनाको मृत्यु !
काठमाडौं । कोरोना भाइरसले अहिले युरोपेली मुलुकमा सन्त्रास फैलाइरहेको छ ।
युरोपेली यूनियनमा आबद्ध मुलुक इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । चीनपछि ठूलो संख्यामा मानिसहरु कोरोना भाइरस संक्रमणका कारण युरोपमा भयवित बन्नन पुगेका हुन् । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।
बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।
युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।
फ्रान्समा पनि कारोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।
चीन उद्गम भएर फैलिएको कारोना भाइरस चीनमा नियन्त्रणउन्मुख देखिएको छ । तर, युरोपेली मुलुकहरूमा सरेको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












