फेरि अध्यक्ष प्रचण्डको कुर्सी फेरियो
काठमाडाैं । ‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’
अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो कुरा सुनाएपछि एक आपसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन । ‘त्यही त के गरेको होला यस्तो ?,’ एक जना नेताले आश्चर्य त प्रकट गरे, तर आश्चर्यमा चाहिँ सबभन्दा बढी प्रचण्ड नै परेको व्यक्त भावले बुझाउँथ्यो । उनले भने, ‘बामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको हो । तर, आजसम्म कार्यान्वयन हुन सकेन ।’
खुमलटारको बुझाइअनुसार सभामुख चयन र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्दा आफू घेराबन्दीमा परेको महसुस गर्नाले प्रचण्डमा निहीत कार्यकारी अध्यक्षको भूमिका खोसिएको हुनुपर्छ ।
त्यसपछिका बैठकमा अरुलाई जस्तै प्रचण्डलाई पनि बोलाइने, प्रधानमन्त्रीले आफ्ना कुरा सरसर्ती राख्ने र ‘आज कुरा यत्ति हो’ भनेर बैठक टुङ्ग्याइदिने चलन चल्यो । प्रधानमन्त्रीले नै बैठक टुङ्ग्याएपछि सचिवालय सदस्य उठ्ने भए ।
‘हैन–हैन बाँकी छ’ भन्दा पनि नसुनेझैँ प्रम बाटो लागेकोमा प्रचण्डको चित्त दुखाइ रहेछ । यो समाचार आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
Comments
अरु समाचार
-
मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७...
-
नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।...
-
देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ । नेपालमा आज (बिहीबार) देखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...