३४ जना चिकित्सकलाई सुदूरपश्चिम पठाइयो
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सक पठाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी /एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट परिचालन हुनेगरी पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार जहाज चार्टड गरी ३४ जना चिकित्सकलाई त्यहाँ पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक पठाएको नियमित पत्रकार सम्मेलनमा डा.देवकटोले जानकारी दिए।
उनका अनुसार चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार त्यो अवधि थपिनेछ। सुदूरपश्चिम प्रदेशमा भारत र अन्य मुलुकमा ठूलो संख्यामा मानिस भित्रिएका छन्।अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमित हुनेमा दुवईबाट आएका एकजना ३४ वर्षीय पुरुष, भारतबाट आएका दुईजना पुरुष, वीरगन्जबाट आएकी एक ६५ वर्षीया महिला र अर्की ३४ वर्षीया महिला हुन्। ३४ वर्षीया महिला दुवइबाट आएका संक्रमित परिवारको सदस्य हुन्।उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ। एक जना भने निको भएर घर फर्किसकेका छन्।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











