नयाँ क्वारेन्टिन निरीक्षण गर्न गएका वडाध्यक्षको क्वारेन्टिनमै मृत्यु
काठमाडाैँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।
५८ वर्षीय ती वडाध्यक्षको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले पुष्टि गरेका हुन्।
‘उहाँलाई राति एक्कासी समस्या भएर अस्पताल ल्याइएको थियो तर उहाँको बाटोमै मृत्यु भइसकेको रैछ,’ उनले भने।
क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको अस्पतालले जनाएको छ। श्रेष्ठले नतिजा आएपछि मात्र शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने बताए।
कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालका अनुसार मृतक वडाध्यक राति खाना खाएर नयाँ बनाइएको क्वारेन्टिन हेर्न निस्किएका थिए।
क्वारेन्टिनमा पुगेर उनी कुर्सीमा मोबाइल चलाएर बसिरहेका बेला एक्कासी ढलेका थिए।
मेयर हमाल भन्छन्, ‘त्यही भएर उहाँको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका हौं। तर पिसिआर परीक्षणको नतिजा नआइ केही भन्न मिल्दैन।’
उनले मृतक वडाध्यक्ष दिनभर आफ्नो कार्यकक्षमा रहेको पनि सुनाए।
‘उहाँ पछिल्लो समय क्वारेन्टिन व्यवस्थापनमा सक्रिय भएर काम गरिरहनुभएको थियो तर एक्कासी हिजो यस्तो भयो,’ उनले दुःख व्यक्त गर्दै भने।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











