राखेपमा नयाँ सदस्य सचिव नियुक्त गर्ने बाटो खुल्यो, सिलवाल बिदा हुने पक्का
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको छ ।
नयाँ खेलकुद विकास ऐन बिहिबारबाट लागू भएसंगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ ऐन अनुसार राखेप सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्ने खेलपाटीलाई बताए ।
‘पूर्व नियुक्ति गनूपर्ने देखिएको छ । नयाँ ऐन अनुसार नयाँ सदस्य सचिव नियुक्ति गरिनेछ ।’ उनले भने ।
२०४८ अनुसार भए गरेका काम कारबाही नयाँ ऐन अनुसार भएको मानिने नयाँ खेलकुद विकास ऐनमा उल्लेख छ । तर पदाधिकारी नियुक्तिको हकमा सो लागु नहुने कानुन बिज्ञबाट मन्त्रालयलाई राय आएको छ ।
‘नियुक्तिको कुरा ऐनले नसमेटिने कानुन बिज्ञसंग छलफल गर्दा राय आएको छ । नयाँ ऐन अनुसार सदस्य सचिवको नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ बिश्वकर्माले भने ।
खेलकुद विकास ऐन २०४८ बिहिबारबाट निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल कार्यालय आउन छाडेका थिए । उनले मन्त्रालयबाट पत्र नआएसम्म काम गर्न नजाने बताएका थिए ।
मन्त्री विश्वकर्माले नयाँ ऐन अनुसार सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने बताए ।
नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।
समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषद्मा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ ।
सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।
नयाँ ऐन अनुसार सदस्य सचिव हुन नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको, खेलकुद क्षेत्रमा कम्तीमा ५ बर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र तीस बर्ष उमेर पुरा भएको योग्यता राखिएको छ ।
मन्त्रालयका अनुसार नयाँ ऐन लागु भएसंगै सदस्य सचिव सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समेत समाप्त भएको छ ।
मन्त्रालयले विधेयक निर्माणको क्रममा राखेपका वर्तमान पदाधिकारीलाई कार्यकाल पुरा गर्न पाउने गरि ऐनमा व्यवस्था गरेको थियो । खेलकुद मन्त्री विश्वकर्माले समेत बहालवाला पदाधिकारीले आफ्नो कार्यकाल पुरा गर्न पाउने गरि ऐनमा व्यवस्था गरिएको बताएका थिए ।
तर राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएको विधेयकमा स्पष्ट रुपमा वर्तमान पदाधिकारीको निरन्तरताको बिषय उल्लेख गरिएको छैन । सोही अनुसार राखेपका सम्पुर्ण पदाधिकारीहरु नयाँ नियुक्तिबाट आउने भएका हुन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












